शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तस्विरमा हेर्नुहोस्, टोकियोमा नयाँ सम्राटको परेड

आइतबार, २४ कात्तिक २०७६, १७ : २९
आइतबार, २४ कात्तिक २०७६

जापानका सम्राट नारुहितो र उनको पत्नी मासाकोले टोकियोमा आइतबार परेड गरेका छन् ।

राज्यारोहरण पछि गरिएको भव्य परेडमा सर्वसाधरणहरु एक हातमा जापानको झण्डा र अर्को हातमा क्यामारा मोबाइल फोन लिएर शाही दम्पत्तिको तस्विर खिच्त व्यस्त देखिन्थे ।

पिता अकिहितोले राजगद्दि परित्याग गरेपछि ५९ वर्षीय नारुहितोले राजगद्दी सम्हालेका थिए ।

औपचारिक रुपमा राज्यारोहण गरेपछि यो परेड गत अक्टोबर २२ मा नै १९० देशका प्रमुखहरुको उपस्थितिमा आयोजना गरिने कार्यतालिका तय थियो । तर, विनाशकारी चक्रवातका कारण देशमा भएको धनजनको क्षतिका कारण उक्त कार्यक्रमलाई स्थगन गरिएको थियो ।

करिब ४.६ किलोमिटर लामो परेडमा १ लाख २० हजार सर्वसाधरण सहभागी भएको सरकारले जनाएको छ ।

नयाँ सम्राटको राज्यरोहणको कार्यक्रमहरुका लागि १४.७ करोड डलर रकम खर्च छुट्याइएको रोयटर्सले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप