शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबि बैंकलाई साफा कर्पोरेट गभर्नेन्स सहित दुई अवार्ड प्रदान

सोमबार, १६ मङ्सिर २०७६, १३ : ०४
सोमबार, १६ मङ्सिर २०७६

काठमाडौं– एनएमबि बैंक सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्स २०१८ बाट पुरस्कृत भएको छ । 

उक्त पुरस्कारले उच्च तहको कर्पोरेट गभर्नेन्स तथा पारदर्शिताको लागि बैंकको बचनबद्धतालाई प्रदर्शन गरेको छ । 

साथै एनएमबि बैंक साउथ एसियन फेडेरेशन अफ अकाउन्टस् (साफा) वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड “सर्टिफिकेट अफ मेरीट” बाट पनि पुरस्कृत भएको छ । बैंकलाई उक्त पुस्कार बंगलादेशको राजधानी ढाकामा आयोजित एक कार्यक्रम प्रदान गरिएको हो ।

साफा कमिटि फर इम्प्रुभमेन्ट इन ट्रान्सप्यारेन्सी, अकाउन्टेविलिटी एण्ड गभर्नेन्सले विभिन्न विधामा प्रदान गरिने यी अवार्डहरु दक्षिण एसियाली राष्ट्रहरुद्धारा प्रकाशित वार्षिक प्रतिवेदनको मुल्यंकनको आधारमा प्रदान गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप