शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारोत्तोलनमा अधिकारी दम्पतीलाई कास्य

शनिबार, २१ मङ्सिर २०७६, १४ : २५
शनिबार, २१ मङ्सिर २०७६

तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत पोखरामा सञ्चालित भारोत्तोलन प्रतियोगितामा नेपालका कमलबहादुर अधिकारी दम्पतीले कास्य पदक प्राप्त गरेका छन्। पोखरा महानगरपालिका–१२ माटेपानीमा आयोजित प्रतियोगिताको शुक्रबार पुरुष ६७ केजी तौल र  उनकी धर्मपत्नी राज्यलक्ष्मीले ७१ केजी तौल समूहमा कास्य पदक जित्न सफल भएका हुन् ।
 
१०औँ संस्करणका स्वर्ण विजेता कमल १३औँमा पुरुषतर्फका सो समूहमा कास्यमा सीमित भएका छन्। प्रहरीकी राज्यलक्ष्मीले स्न्याचमा ६७ र क्लिन एन्ड जर्कमा ८३ सहित कूल १५० किलो भार उठाउँदै कास्य हात पारिन् । यस्तै सो स्पर्धामा भारतले स्वर्ण र बङ्गलादेशले रजत पदक जित्यो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप