लागू औषध बनाउने रसायनसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौं । प्रहरीले लागू औषध बनाउने रसायनसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले लागू औषध बनाउने ४ किलो २ सय ग्राम रसायन ईफेड्रिनसहित एक जना चिनियाँ नगारिकलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
प्रहरी उपरिक्षक विरेन्द्र कुमार बस्यालले गएको शुक्रबार कार्गोबाट न्युजिल्याण्ड पठाउन लागिएको उक्त रसायन सहित ३१ वर्षको चिनियाँ नागरिक जाङ चाओलाई पक्राउ गरेको बताए ।
उनले काठमाडौंको एक कार्गोबाट न्यूजिल्याण्ड पठाउन ल्याएको निलो रङको कागजको डिब्बाभित्र रंगिन चित्र रहेको १० वटा शंकास्पद काठको फ्रेम चेकजाँच गर्दा फल्स बटम बनाई लुकाएर राखिएको अवस्थामा फेला पारेको जानकारी दिए ।
प्रहरी उपरिक्षक बस्यालले न्यूजिल्याण्ड पठाउन लागिएको उक्त रसायन लागू औषध एम्फेटामिन बनाउन प्रयोग गरिने बताए । उहाँले उक्त इफेड्रिनको चीनमा २ लाख २५ हजार नेपाली रुपैयाँमा खरिद गरी न्युजिल्याण्डमा ५० लाख रुपैयाँमा विक्री गर्न लागेको समेत बताए ।
प्रहरीले यसअघि पनि यस्तै प्रकारको रसायन स्यूडोईफेड्रिन ट्याब्लेट ४७१.८८ केजीसहित आर्य फर्मा सिटिकल्सका सञ्चालकलाई २०७३ साउन १२ गते पक्राउ गरेको थियो । प्रहरीले अहिले पक्राउ परेका चिनियाँ नागरिकलाई लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको समेत बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेश सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी
-
पोखरामा एसिया कप ट्रायथलन हुने, १७ देशका खेलाडी सहभागी हुँदै