शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लोकसेवा आयोगले माग्यो ७६८ जना अधिकृत (सूचनासहित)

बुधबार, २५ मङ्सिर २०७६, ०८ : ३४
बुधबार, २५ मङ्सिर २०७६

काठमाडौँ । लोकसेवा आयोगले ७६८ जना शाखा अधिकृतको माग गरेको छ । आयोगले बुधबार निकालेको विज्ञापनअनुसार खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी सो संख्यामा अधिकृतको माग गरिएको हो । 

जसअनुसार न्याय सेवा अप्राविधिकको लागि १३६ जना माग गरिएको छ भने महिला ३७, आदिवासी जनजाती ३०, मधेसी ३०, दलित ११, अपांग ६ र पिछडिएको बर्ग ५ जना माग गरिएको छ ।  

यसैगरी प्रशासन, परराष्ट्र, लेखापरीक्षण र व्यवस्थापिका संसदतर्फका विभिन्न सेवा तथा समूहमा खुलातर्फ २८३ जना अधिकृत माग गरिएको छ । 

यस्तै महिला ७७, आदिबासी जनजाती  ६१, मधेसी ५१, दलित २०, अपाङ्ग ११ र पिछडिएको क्षेत्रबाट १० जना माग गरिएको छ । 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले पुस १५ गतेभित्र आवेदन दिनुपर्नेछ भने दोब्बर दस्तुर तिरेर पुस २२ गतेभित्र पनि आवेदन दिन सकिने आयोगले जनाएको छ । आवेदन अनलाइनमार्फत दिनुपर्नेछ । 

यसैबीच आयोगले ३१९ अधिकृत पदहरुको जेष्ठता र कार्यसम्पादन मूल्याङकनद्वारा बढूवा गर्नेगरी सूचना निकालेको छ । सम्भाव्य उम्मेदवारले पुस २९ भित्र दरखास्त दिन सक्ने आयोगले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप