बारामा धार्मिक गुरुहरुलाई लैङ्गिक हिंसाबारे कानुनी सचेतना
बारा । समाजमा हुनेगरेको विभिन्न हिंसा न्युनीकरण गर्ने उद्देश्यका साथ बाराका धार्मिक गुरुहरुलाई लैङ्गिक हिंसाबारे कानुनी सचेतना गराइएको छ । पण्डित,पुजारी,मौलवी,लामागुरुलगायत बाराका एक सय ५० जना धर्मगुरुलाई विषेश कार्यक्रममार्फत लैङ्गिक हिंसाविरुद्ध सचेतना तथा कानुनी प्रावधानबारे जानकारी गराइएको हो ।
पछिलो समय बारामा विभिन्न खाले हिंसाका घटना बडेपछि जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा कलैयास्थित उधोग बाणिज्य संघको सभाहलमा बालबिबाह,बहुबिबाह,दाइजो प्रथा,बोक्सी प्रथा,जातीय छुवाछुतबिरुद्ध धर्मगुरुहरुलाई जानकारी गराइएको छ।
लैङ्गिक हिंसाबारे मुलुकी अपराध संहितामा भएको कानुनी सजाय र व्यवस्थाबारे विज्ञहरुका साथै बाराका जिल्ला न्यायधिवक्ता महेन्द्र बहादुर थापाले जानकारी गराएका थिए । समाजमा हुँदै आएको विभिन्न कुप्रथाले मानिसमा पर्ने कुप्रभाव कानुनी व्यवस्थाबारे यस्ता कार्यक्रम मार्फत जानकारी गराँउदा हिंसाका न्युनिकरणमा सघाउ पुग्ने जिल्ला प्रहरी प्रमुख एसपी विकाशराज खनालले बताए ।
कार्यक्रममा बाराका सिडिओ फडिन्द्रमणी पोखरेल, सशस्त्रका एसपी प्रकाश थापा,राष्ट्रिय अनुसन्धानका एसपी विमल घिमिरे, नागरिक समाजका अध्यक्ष उमेशलाल दास, महिला सञ्जालकी अध्यक्ष बबिता जयसवाललगायतले समाजमा हिंसा न्युनिकरण गर्न सबै पक्षले अग्रसरता देखाउनुुपर्ने औल्याएका थिए ।
यस आर्थिक वर्षदेखि कात्तिकसम्म बारामा तीन सय १६ वटा लैङ्गिक हिंसा सम्बन्धी उजुुरी परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रंजितशिंह राठौरले बताए । सो मध्ये दुुई सय ६ वटा मुद्दा किनारा लागेको र बाँकी एक सय १० वटा मुद्दा अनुुसन्धानको प्रकृयामा रहेको प्रवक्ता राठौरले जनाए ।
उक्त मुद्दाहरुमा अधिकांश घरेलुु हिंसा सम्बन्धी रहेको जिल्ला प्रहरी कार्यालय बाराको तथ्याङ्कमा उलेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा