शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दर्जन बढी कलाकर्मीलाई ‘नातिकाजी राष्ट्रिय सम्मान र पुरस्कार (फोटोफिचर)

बिहीबार, ०३ पुस २०७६, १७ : ०४
बिहीबार, ०३ पुस २०७६

काठमाडौं । दर्जन बढी कलाकर्मीले ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार’ प्राप्त गरेका छन् । बिहिबार  उपराष्ट्रपति कार्यालय लैनचौरमा आयोजित ‘नातिकाजी राष्ट्रिय संगीत तथा पुरस्कार बितरण समारोह २०७५’मा उनीहरुले सो पुरस्कार तथा सम्मान प्राप्त गरेका हुन् । 

सोही अवसरमा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजित बास्कोटाले यस्ता संघसंगठनले दिएको सम्मानले मात्र कलाकार्कीका लागि प्रयाप्त नहुने बताए । बास्कोटाले आफ्नो जीवन कलाक्षेत्रका लागि समर्पित कलाकर्मीलाई राज्यले बुढेसकालमा बाच्ने आधारको ब्यवस्था गर्नुपर्ने बताए । यसका लागि उपराष्ट्रपतिको विशेष पहलको खाँचो रहेको समेत औल्याए । नातिकाजी स्मृति समाजले आयोजना गरेको कार्यक्रममा गीत संगीत क्षेत्रका थुप्रै बिशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो । नातिकाजीकी श्रीमती सरस्वती श्रेष्ठ संरक्षक रहेको नातिकाजी स्मृति समाजमा अध्यक्षमा संगीतकार शम्भुजित बास्कोटा, सदस्यमा उनका छोरीहरु सविता, संगित र कविता लगायत संगीत क्षेत्रका बिशिष्ट ब्यक्तिहरु रहेका छन् । 

कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय बिशिष्ट श्रष्ठा सम्मान’ गायक डा. समरबहादुर मल्ललाई दिइयो । ‘नातिकाजी राष्ट्रिय बिषेश संगीत सम्मान’बाट जगत मर्दन थापा, कर्म योन्जन, बाध्यबाधक मोहन कृष्ण ढली, संगीतकार सि.के रसाइली, गायिका भारती उपाध्याय, गायिका तिर्थकुमारी थापा, गायक तथा संगीतकार शम्भु राई र संगीतकार मिलन मोक्तानले प्राप्त गरे ।

त्यस्तै ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार’ गीतकार प्रमोद ढुंगाना, गायक यम बराल, गायिका रेखा शाह र संगीतकार सुरेश अधिकारीले प्राप्त गर्दा ‘नातिकाजी राष्ट्रिय संगीत प्रतिभा पुरस्कार’ बाध्यबाधक मनराजा नकर्मी, भुपेन्द्र खड्का, गायिका टिका प्रसाइ र गायक प्रल्हाद तिमिल्सिनालाई दिइयो । सम्मानित तथा पुरस्कृत दुबैलाई उपराष्ट्रपति नन्दबहादुर पुनले खादासहित पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा नातिकाजीप्रति श्रदाञ्जली अपर्ण गर्दै उपराष्ट्रपति पुनले नेपाली संगीतमा उनले पुर्याएको योगदानको चर्चा समेत गरे ।

‘नातिकाजीको योगदान र सम्मानमा बिभिन्न पुरस्कार र सम्मान स्थापना हुनु सह्रानीय कार्य हो’ पुनले भने ‘यस्ता कार्यक्रमले आगामी दिनमा पनि निरन्तरता पाउनुपर्छ ।’ पुनले सांगीतिक क्षेत्रमा नातिकाजीले पुर्याएको योगदान र श्रृजनशीलता आगामी दिनमा कसरी जोगाउने भन्ने चुनौतिको बिषय रहेको चर्चा गरे । पुनले नातिकाजीको श्रृजना युवापुस्तासम्म पुर्याउन जरुरी भएको बताए । कार्यक्रममा नातिकाजी स्मृति समाजका पदाधिकारी समेत रहेका डा.नवराज लम्सालले उपस्थित सबैलाई स्वागत गर्दै नातिकाजीको संगीतको चर्चा गरेका थिए । उनले नेपाली माटो सुहाउँदो संगीतको जग बसाल्न नातिकाजीको योगदान बिर्सन नहुने बताए । उनले नातिकाजीको संगीतमा नेपाली कलासंस्कृतिले भरिएको पाएको चर्चा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप