भीरबाट २ सय फिट तल खसेर पनि बाँचिन् एक महिला
आइतबार, १३ पुस २०७६, १८ : ३०
अमेरिकाको दक्षिणी क्यालिफोनियामा भीरबाट २ सय फिट तल खसेर पनि एक महिला बाँच्न सफल भएको लस एन्जलिस काउन्टी सेरिफ अफिसले जानकारी दिएको छ ।
गत शुक्रबार बिहान ३० वर्ष आसपासकी भनेकी ती महिला लस एन्जलिस काउन्टीको रान्चो पालोस भर्डेसमा रहेको गोरेटो बाटोमा हिँडिरहेकी थिइन् । त्यही बेला उनी चिप्लेर भीरबाट तल खसेकी थिइन् ।
बिहान करिब ८ बजेतिर स्थानीयहरुले उनले चिच्याएको सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।
उनी कसरी भीरबाट खसिन् र कति समयपछि अरुले उनको चिच्याहट सुने भन्ने स्पष्ट भएको छैन ।
भिडियोमा समुद्र तटबाट हेलिकोप्टरको सहायताबाट उनको उद्धार गरिएको देख्न सकिन्छ ।
घाइते महिलाको हाल स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक