शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली नोट सहित एक जना पक्राउ

आइतबार, २० पुस २०७६, १३ : ५८
आइतबार, २० पुस २०७६

पर्सा । बीरगंज महानगरपालिका-८ बसपार्कस्थित होटल साह प्याराडाईजबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।  सोही महानगरपालिका-१६ नगवा बस्ने २९ वर्षीय रियाज देवानलाई नक्कली भारतीय नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनको साथबाट २ हजार दरका ३ थान नोट गरी ६ हजार नक्कली भारतीय रुपैयाँ सहित नियन्त्रणमा लिएको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप