केन्द्रीय संस्करण

कामपाले ज्येष्ठ नागरिक मनोरञ्जन तथा सेवा केन्द्र स्थापना गर्ने

person explore access_timeपुस २९, २०७६ chat_bubble_outline0

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत बजेटबाट रु ८४ करोड २१ लाख बजेट संशोधन गरेको छ ।  

कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सम्पन्न छैटौँ नगरसभाले भौतिक पूर्वाधार विकास कार्यक्रमतर्फ रु ४५ करोड ६० लाख , सम्पत्ति खरीदतर्फ रु २७ करोड, सामाजिक विकास कार्यक्रमतर्फ रु एक करोड ६७ लाखसहित छ शीर्षकको रकम संशोधन गरेको हो ।  

संशोधित बजेटमा स्वास्थ्यसम्बन्धी कार्यक्रमतर्फ रु आठ करोड ४४ लाख, शिक्षातर्फ रु ५० लाख र चालु खर्चतर्फ रु एक करोड संशोधन भएको छ । चालु आर्थिक वर्षको स्वीकृत बजेटका विभिन्न शीर्षकबाट खर्च हुन नसकेको रकम घटाएर तत्काल कार्यान्वयन गर्न जरुरी महत्वका कार्यक्रममा थपिएको हो ।

    यसरी बजेट थप गरिएका कार्यक्रममा वडास्तरीय पूर्वाधार विकास, सांस्कृतिक तथा पर्यटन प्रवद्र्धन कार्यक्रम, महानगर विशेष पूर्वाधार कार्यक्रमलगायत छन् । त्यस्तै वडा नं २३ र ३० को कार्यालय भवनका लागि जग्गा तथा भवन खरीद, वडा नं १६ को भवन निर्माण, पार्किङ भवन निर्माण, ज्येष्ठ नागरिक मनोरञ्जन तथा सेवा केन्द्र स्थापना, विद्यालयमा कम्प्युटर ल्याब र विद्युतीय व्यवस्थापन प्रणाली स्थापनालगायत कार्यक्रम छन् । 

    त्यस्तै कान्ति बाल अस्पतालमा रगतको कम्पोनेन्ट छुट््याउने उपकरण खरिद, गंगालाल अस्पतालमा अक्सिजन प्लान्ट खरिद तथा सञ्चालन, सामुदायिक स्वास्थ्य क्लिनिकको स्तरोन्नति लगायतका कार्यक्रम पनि शंशोधित बजेटमा परेको छ ।  सभामा लेखा समितिका संयोजक ध्रुव त्रिपाठी, बिधायन समितिका संयोजक नरेशमान महर्जन र शुशासन समितिक संयोजक हुमादेवी आचार्यले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कामपालाई सुशासनयुक्त बनाउन छरिएका कार्यालयहरुलाई एकै ठाउँमा बनाउनु पर्ने शुशासन समितिकी संयोजक आचार्यले बताइन् । 

    समितिका संयोजकले देखाएको आवश्यकता र प्राप्त सुझाव कार्यान्वयनका विषयमा जवाफ दिँदै सभाका अध्यक्ष एवं महानगरका प्रमुख शाक्यले प्रतिवेदनका विषय अध्ययन गरेर कार्यान्वयनमा लैजान सकिने सुझाव कार्यान्वयन गरिने प्रतिबद्धता जनाए। 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...