शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वार्नर र फिन्चको कीर्तिमानमा भारतविरुद्ध अष्ट्रेलियाको शानदार जित

बुधबार, ०१ माघ २०७६, ०८ : ५९
बुधबार, ०१ माघ २०७६

भारतविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले शानदार जित निकालेको छ । मुम्बईमा मंगलबार अबेर सम्पन्न पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई १० विकेटले हरायो । जितसँगै अष्ट्रेलियाले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

भारतले दिएको दुई सय ५६ रनको विजय लक्ष्य अष्ट्रेलियाले ३७.४ ओभरमा बिना विकेटको क्षतिमा पूरा गरेको थियो । अष्ट्रेलियाको जितमा ओपनरद्वय डेभिड वार्नर र आरोन फिन्चले सानदार प्रदर्शन गरे । दुवैले अविजित शतक रन बनाए । वार्नरले एक सय २८ र फिन्चले एक सय १० रन बनाएका थिए । एकदिवसीयमा करियरको १८औं शतक बनाएका वार्नरले एक सय १२ बलमा १७ चौका र तीन छक्का हानेका थिए ।  फिन्चले एक सय १४ बलको समना गर्दै १३ चौका र तीन छक्का हाने ।

वार्नर र फिन्चले बनाएको २ सय ५८ रन कुनै टोलीले कुनै पनि विकेटका लागि भारतविरुद्ध बनाएको सर्वाधिक ठूलो साझेदारी हो । यसअघि स्टीभ स्मिथ र जर्ज बेली सन् २०१६ मा तेस्रो विकेटका लागि २ सय ४२ रन बनाएका थिए ।

एकदिवसीय खेलमा बिना विकेट गुमाएर यो दोस्रो ठूलो रन चेज हो। यसअघि २०१७ मा दक्षिण अफ्रीकाका हाशिम अमला र क्विंटन डीकॉकले बांग्लादेशविरुद्ध २७९ रनको लक्ष्य हासिल गरेका थिए ।

स्ट्रेलियाले भारतलाई १० विकेटको अन्तरले हराएको पनि यो पहिलो अवसर हो । भारत १५ वर्षपछि १० विकेटले पराजित भएको हो ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४९.१ ओभरमा सवै विकेट गुमाएर दुई सय ५५ रन बनाएको थियो । भारतका शिखर धवनले ७४ रन बनाए । लोकेश राहुलले ४७, ऋषव पन्तले २८, रबिन्द्र जडेजाले २५, कुलदिप यादबले १७ र कप्तान विराट कोहलीले १६ रन बनाए । अष्ट्रेलियाका मिचेल स्टार्कले तीन विकेट लिए । प्याट कमिन्स र केन रिचर्ड्सनले दुई दुई विकेट हात पारे । एडम जम्पा र एस्टन अगरले एक एक विकेट लिए । दोस्रो खेल शुक्रबार राजकोटमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप