जुम्लामा फेरि हिमपातः जनजीवन प्रभावित
जुम्ला । जुम्लामा फेरि आज बिहानदेखि हिमपात भएको छ । यस पटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो । लगातारको हिमपातले जनजीवनले जनजीवन प्रभावित हुँदै गएको छ । बिहानैदेखि परेको हिउँले फेरि डाडाँकाँडा सबै सेताम्मे बनाएको छ ।
चिसोले सरकारी कामकाज तथा यातायातसमेत प्रभावित भएको छ । हवाई यातायात भने अनियमित मौसमका कारण बन्द रहेको छ । लगातार पानी र हिउँमा बच्न तथा न्यानो गर्न स्थानीय प्रशासनले पटक पटक सूचनासमेत जारी गर्दै आएको छ । चिसोले अस्पतालमा बिरामीसमेत बढ्ने गरेका छन् । अस्पतालमा रुघाखोकीका बिरामी बढेका कर्णाली स्वास्थ्य विज्ञान प्रनितष्ठान शिक्षण अस्पतालका डा अर्जुन तिवारीले जानकारी दिए ।
जुम्लाको तापक्रम भने घट्दै गएको यहाँस्थित जल तथा मौसम विज्ञान कार्यालयले जनाएको छ । आजको न्यूनतम तापक्रम ०.७ डिग्री रहेको छ । मौसम सफापछि भने तापक्रम बढ्ने अनुमान गरिएको छ । गत पुस १ गते जुम्लाको तापक्रम माइनस ७.२ डिग्री सेल्सेस भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न