
गौतम बुद्ध हिमालय अन्तर्राष्ट्रिय कराते पोखरामा
काठमाडौं । नेपाल सितोरियो कराते डो संघको आयोजनामा प्रथम गौतम बुद्ध हिमालय अन्तर्राष्ट्रिय कराते प्रतियोगिता पोखरामा हुने भएको छ । संघले नेपाल भ्रमण वर्ष २०२० सचिवालय संगको सहकार्यमा फागुन २२ देखि २६ गतेसम्म अन्तर्राष्ट्रिय कराते प्रतियोगिता गर्न लागेको हो ।
नेपाल भ्रमण वर्ष २०२० को अवसरमा हुन लागेको प्रतियोगिता ३० देशका दुई हजार खेलाडीको सहभागिता रहने सुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक राजीव थापाले जानकारी दिए ।
प्रतियोगितामा सिनियर, जुनियर र भेट्रानमा गरी २७ स्पर्धामा प्रतिस्पर्धा हुने नेपाल कराँते महासंघका अध्यक्ष दावा गुरुङले बताए । भ्रमण वर्ष २०२० लाई सफल बनाउन यो प्रतियोगिताले पनि सहयोग पु¥याउने विश्वास आयोजकको छ ।
नेपाल भ्रमण वर्ष २०२० का सदस्य–सचिव बच्चुनारायण श्रेष्ठले खेलकुदको माध्यमबाट पनि विदेशी पर्यटकलाई नेपाल आउन आकर्षित गर्न सकिन्छ भन्ने मान्यताका साथ प्रतियोगिता सञ्चालन गर्न लागिएको बताए । प्रतियोगिता सञ्चालन गर्न पाँच करोड खर्च हुने आयोजकले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ