लोकतान्त्रिक सूचाँक: नेपाल ९२ औं स्थानमा, भारतलाई लाग्यो झड्का
एजेन्सी । विश्वभरका लोकतान्त्रिक देशहरुको सूचाँकमा नेपाल ९२ औं स्थानमा परेको छ । बेलायतको प्रसिद्ध द इकोनोमिस्ट इन्टेलिजेन्स युनिट(इआइयु)ले भर्खरै सार्वजनिक गरेको २०१९ मा विश्वभरका लोकतान्त्रिक मुलुकहरुको (डेमोक्रेसी इन्डेक्स) समीक्षासहितको सूचाँक प्रतिवेदनले सो कुरा उल्लेख गरेको हो ।
उक्त रिपोर्टअनुसार भारतलाई भने यो पटक निकै ठूलो झड्का लागेको छ । भारत लोकतान्त्रिक मुलुकहरुको सूचीमा १० स्थान तल झरेको छ । यसअघि ४१ औं स्थानमा रहेको भारत यो पटक भने ५१ औं स्थानमा पुगेको छ । लोकतान्त्रिक मुलुकहरुको पहिलो नम्बरको सूचीमा भने नर्वे आएको छ । इआइयुका अनुसार भारतमा नागरिक स्वतन्त्रतामा आएको गिरावटनै त्यहाँको सूचांक खस्किनुको मुख्य कारण हो ।
१६५ वटा देशहरुको सूचीमा पाकिस्तान १०८ औं स्थानमा रहेको छ भने श्रीलंका ६९ औं स्थानमा रहेको छ । त्यस्तै बंगलादेश ८० औं स्थानमा रहेको छ । रिपोर्टमा अमेरिका २५ औं स्थानमा रहेको छ भने अष्ट्रेलिया ९ औं स्थानमा रहेको छ । त्यस्तै जापान २४ औं स्थानमा रहेको छ भने इजरायल २८ औं स्थानमा रहेको छ । चीन १५३ औं स्थानमा रहेको छ भने बेलायत १४ औं स्थानमा रहेको छ ।
रिपोर्टमा सन् २०१९ लाइ खराब वर्षका रुपमा इङ्गित गरिएको छ । लोकतान्त्रिक सुचांकमा विशेषगरी ल्याटिन अमेरिका, अफ्रिका र पश्चिम एसियामा गिरावट आएको रिपोर्टमा उल्लेख छ । त्यस्तै अधिकांश एसियाली मुलुकमा पनि सुचांकमा गिरावट आएको उल्लेख गरिएको छ । Photo: BBC
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै