शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटककोे सुरक्षाका लागि नाट्टाको आग्रह

बिहीबार, ०९ माघ २०७६, २२ : ०६
बिहीबार, ०९ माघ २०७६

नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)ले पर्यटकको सुरक्षा गर्न सरकारसँग आग्रह गरेको छ । 

नाट्टाका अध्यक्ष अच्युत गुरागाईंले आज एक विज्ञप्ति जारी गरी केही दिन अगाडि अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा पदयात्रामा गएका कोरियन पर्यटक र नेपाली पथ प्रदर्शकको हराएको तथा मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा बसेका भारतीय पर्यटकको मृत्यु भएको भन्दै पर्यटकको सुरक्षाका लागि सरकारसँग आग्रह गरेका हुन् । 

अन्नपूर्ण बेस क्याम्पमा चार कोरियनसहित ७ जना बेपत्ता र मकवानपुरमा ८ जनाको ज्यान गएको थियो । “नेपालमा भ्रमण वर्ष–२०२० मनाउँदै गर्दा विदेशी पर्यटकको निधनले नेपालको पर्यटन क्षेत्रमा पर्ने प्रभावप्रति सबै सचेत हुनु आवश्यक छ,”–उनले भने । नाट्टाले यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने सुरक्षाका विषयमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताएको छ । दुर्घटनामा निधन भएका परिवारजनप्रति नाट्टाले गहिरो समवेदना व्यक्त समेत गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप