लोकसभा निर्वाचनः दोस्रो चरणमा १३ राज्यमा ८८ सीटमा मतदान सुरु
नयाँ दिल्ली । भारतमा लोकसभा निर्वाचनको दोस्रो चरणमा १३ राज्यमा ८८ लोकसभा सीटका लागि मतदान सुरु भएको छ । शुक्रबार बिहान ८ बजेबाट मतदान सुरु भएको हो । दोस्रो चरणमा केरलाका सबै २० लोकसभा सीटहरूमा मतदान भइरहेको छ । कर्नाटकको १४ लोकसभा सिटमा आज मतदान भइरहेको छ ।
राजस्थानका १३, मध्य प्रदेशका ६ र असमका ५ सिटमा पनि आज मतदान भइरहेको छ । पश्चिम बंगाल र छत्तीसगढका तीन–तीन सिटमा पनि शुक्रबार आज मतदान हुँदैछ । यसबाहेक, दोस्रो चरणमा मणिपुर, त्रिपुरा र केन्द्र शासित प्रदेश जम्मू कश्मीरको एक–एक सिटमा मतदान भइरहेको छ ।
कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी केरलाको वायनाड सिटबाट चुनाव लडिरहेका छन् राहुल गान्धीविरुद्ध वामपन्थीले एनी राजालाई र भाजपाले के सुरेन्द्रनलाई उम्मेदवार बनाएका छन् । राजस्थानको कोटा सिटबाट ओम बिरला लोकसभा सिटमा चुनाव लडिरहेका छन् । कांग्रेसले ओम बिरलाको विरुद्धमा प्रह्लाद गुञ्जाललाई उम्मेदवार बनाएको छ ।
कांग्रेस नेता शशि थरुर केरलाको तिरुवनन्तपुरम सिटबाट चुनाव लडिरहेका छन् । यस सिटमा भाजपाले केन्द्रीय मन्त्री राजीव चन्द्रशेखरलाई टिकट दिएको छ । उत्तर प्रदेशको मेरठ सिटमा दोस्रो चरणको मतदान भइरहेको छ । यस सिटबाट भाजपाले टिभीका रामायणका राम अर्थात् अरुण गोविललाई टिकट दिएको छ ।
पप्पु यादवले बिहारको पूर्णिया सिटबाट स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लडिरहेका छन् । लोकसभा को निर्वाचनमा सात चरणमा मतदान भइरहेको छ । पहिलो चरणमा १९ अप्रिलमा १०२ सिटमा मतदान भएको थियो । लोकसभा चुनावको नतिजा ४ जुनमा घोषणा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण