शनिबारदेखि साइग्रेसको ‘वर्ड टुर विद् साइग्रेस’
काठमाडौँ“ । चर्चित कथा वाचक साइग्रेस पोखरेलको शनिबारदेखि ‘वर्ड टुर विद् साइग्रेस’ सुरु हुँदैछ । कथा वाचनका लागि युवा पुस्तामाझ लोकप्रिय साइग्रेसको यो पटकको पहिलो कार्यक्रम झापाबाट सुरु हुँदैछ । शनिबार झापाको बिर्तामोडस्थित परशुराम पार्टी प्यालेसमा उनको कार्यक्रम आयोजना हुने बताइएको छ ।
सन् २०२१ मा नेपालबाट सुरु भएको वर्ड टुर विद् साईग्रेसको यो ५५ औँ संस्करण हो । साइग्रेसले यस कार्यक्रममा कथा वाचन गर्नेछन् भने कुवेर सुनार र अनुप सुनारले म्युजिकल पर्फमेन्स प्रस्तुत गर्नेछन् । यस्तै मिट् एन्ड ग्रिटको कार्यक्रम पनि हुनेछ ।

क्यानेडियन स्टडी सेन्टरको सहकार्यमा आयोजना हुन लागेको कार्यक्रम वैशाख १६ गते इटहरी, २२ गते चितवन, २४ गते बुटवल, २९ गते पोखरा र य जेठ ५ गते काठमाडौँ“मा हुनेछ ।
कार्यक्रमको प्रवेश निःशुल्क रहेको छ । क्यानेडियन स्टडी सेन्टरको कार्यालय वा सिआईसी एजुकेसन हबको कार्यालयमा गएर निःशुल्क पास लिन सकिनेछ । अथवा त्यो पनि सम्भव नहुनेहरूले कार्यक्रम हुने भेन्युमा उपस्थित भएर ‘सिएससी फर क्यानडा प्रोमो कोड’ भन्ने बित्तिकै कार्यक्रममा प्रवेश पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण