मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

शनिबारदेखि साइग्रेसको ‘वर्ड टुर विद् साइग्रेस’

शुक्रबार, १४ वैशाख २०८१, ०९ : ५९
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ“ । चर्चित कथा वाचक साइग्रेस पोखरेलको शनिबारदेखि ‘वर्ड टुर विद् साइग्रेस’ सुरु हुँदैछ । कथा वाचनका लागि युवा पुस्तामाझ लोकप्रिय साइग्रेसको यो पटकको पहिलो कार्यक्रम झापाबाट सुरु हुँदैछ । शनिबार झापाको बिर्तामोडस्थित परशुराम पार्टी प्यालेसमा उनको कार्यक्रम आयोजना हुने बताइएको छ ।  

सन् २०२१ मा नेपालबाट सुरु भएको वर्ड टुर विद् साईग्रेसको यो ५५ औँ संस्करण हो । साइग्रेसले यस कार्यक्रममा कथा वाचन गर्नेछन् भने कुवेर सुनार र अनुप सुनारले म्युजिकल पर्फमेन्स प्रस्तुत गर्नेछन् । यस्तै मिट् एन्ड ग्रिटको कार्यक्रम पनि हुनेछ ।

438118044_948789506719276_5926518305040092299_n

क्यानेडियन स्टडी सेन्टरको सहकार्यमा आयोजना हुन लागेको कार्यक्रम वैशाख १६ गते इटहरी, २२ गते चितवन, २४ गते बुटवल, २९ गते पोखरा र य जेठ ५ गते काठमाडौँ“मा हुनेछ । 

कार्यक्रमको प्रवेश निःशुल्क रहेको छ । क्यानेडियन स्टडी सेन्टरको कार्यालय वा सिआईसी एजुकेसन हबको कार्यालयमा गएर निःशुल्क पास लिन सकिनेछ । अथवा त्यो पनि सम्भव नहुनेहरूले कार्यक्रम हुने भेन्युमा उपस्थित भएर ‘सिएससी फर क्यानडा प्रोमो कोड’ भन्ने बित्तिकै कार्यक्रममा प्रवेश पाउनेछन् । 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप