प्रदूषण
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
शुक्रबार, १४ वैशाख २०८१, ०९ : ४२
काठमाडौँ । काठमाडौँ विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ। काठमाडौँ उपत्यकामा फेरि वायु प्रदूषणको दर उच्च तहमा पुगेको हो ।
वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार अहिले काठमाडौँको प्रदूषणको दर १९४ मापन गरिएको छ। जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ।
विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरको दोस्रो स्थानमा पाकिस्तानको लाहोर रहेको छ । त्यहाँ प्रदूषण तह १८५ रहेको छ। तेस्रो स्थानमा रहेको भारतको नयाँदिल्लीमा प्रदूषणको तह १७५ रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा ठुलो वर्षा हालसम्म नभएका कारण प्रदूषणको तह घट्न सकेको छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण