प्रेमिकासँग विवाह नगर्न एक युवकले नाइट क्लबबाट चोरे स्पीकर
कहिलेकाँही गलत बुझाई निकै घातक बन्न सक्छ । गलत बुझाई जुनसुकै बेला जसको जिन्दगीमा पनि हुनसक्छ । र, यो बुझाईले गर्दा कहिले काहीँ कसैले ठूलै गल्ती पनि गर्न सक्छन् । यस्तै एउटा घटना घटेको छ चीनको शंघाई शहरमा । जुन घटना पढेर तपाईं पनि हाँस्नुहुन्छ ।
उक्त शहरका युवा चानको विवाह उनकी प्रेमिकासँग हुन गइरहेको थियो । चान भने विवाहबाट बच्नको लागि अनेक तरिका अपनाइरहेका थिए । यसैबीच विवाहको केही दिन अगाडि मात्रै उनले नाइटक्लबबाट १७ हजारको स्पीकर चोरे । स्पीकर चोरेपछि उनलाई प्रहरीले पक्राउ गर्यो ।
प्रहरीका अनुसार चानलाई विवाहको केही दिन अगाडि मात्रै आफूलाई प्रेमिकालाई माया नगर्ने कुराको बोध भयो । चानको हातखुट्टा नै काम्यो कि माया नै नलाग्ने प्रेमिकासँग विहे गर्दैछु भन्ने सोचेर । त्यसपछि उनले विवाह रोक्नको लागि कुनै अपराध गर्ने योजना बनाए । र नाइट क्लबको स्पीकर चोरे ।
प्रहरीसँग बयान दिँदै उनले भने, ‘मेरी प्रेमिका मसँग विवाह गर्न चाहान्थिन् । तर म चाहाँदैनथे । त्यसैले मैले चोरी गरेपछि पक्राउ पर्छु भन्ने सोचेर नै चोरेको हुँ । तर यति छिट्टै पक्राउ पर्छु भन्ने लागेको थिएन ।’
प्रहरीले उनले गरेको अपराध सानो भएकाले छिट्टै रिहा हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम उपनिर्वाचन : एमाले उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान
-
मन्त्री परिवर्तनको असर : पूर्वाधार विकास कार्यालय गौरमा तालाबन्दी
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?