कर छल्ने २ जना विरुद्ध मुद्दा, ७१ करोड मागदाबी
काठमाडौं । नक्कली बिलबिजक प्रयोग गरी राजश्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध ७१ करोड मागदाबी सहित मुद्दा चलाइएको छ । राजश्व अनुसन्धान विभागले दुई फर्मका सञ्चालकहरुविरुद्ध सो अभियोगमा मुद्दा चलाएको हो ।
विभागले गोरखा घर भई काठमाडौं बस्ने सञ्जीव मास्के र हेटौंडाका शालिकराम न्यौपानेविरुद्ध मुद्दा दायर गरेको हो । मास्के काठमाडौंको रेजिङ इन्टरनेशनलका प्रोपाइटर हुन भने न्यौपाने हनुमान कन्स्ट्रक्सनका प्रोपाइटर हुन् ।
रेजिङ इन्टरनेशनलका मास्केले ४ करोड ३२ लाख र आयकरतर्फ १० करोड ५४ लाख रुपैंया राजश्व छली गरेको भेटिएको छ । त्यस्तै, हनुमान कन्स्ट्रक्सनका न्यौपानेले मूल्य अभिवृद्धि करतर्फ २ करोड ५० लाख आयकरतर्फ ६ करोड १२ लाख रुपैंया राजश्व छली गरेको भेटिएको छ ।
राजश्व अनुसन्धान विभागले मास्केलाई काठमाडौं जिल्ला अदालतमा आइतबार र न्यौपानेलाई ललितपुर जिल्ला अदालतमा गत मंगलबार उक्त मुद्दा दायर गरिएको हो । विभागले दुईओटै फर्मलाई गरी जम्मा २३ करोड ६० लाख बिगो र त्यसको दोब्बर जरिवाना माग गरेको हो । साथै दुवै अभियुक्तलाई ३÷३ वर्षको कैद सजाय समेत माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ