केन्द्रीय संस्करण

अरुण जलविद्युत् आयोजनास्थलमा बम विस्फोट

person explore access_timeमाघ १२, २०७६ chat_bubble_outline0
सांकेतिक तस्बिर

सङ्खुवासभा जिल्लामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा आज बम विस्फोट भएको छ । 

चिचिला गाउ“पालिका–३ स्थित आयोजनाको जलविद्युत्गृह छेउमा भएको विस्फोटमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ताको संलग्न रहेको आशङ्का गरिएको छ । 

बम विस्फोटबाट अरुण तेस्रोले राखेको जेनेरेटरमा क्षति पुगेको छ । कुकर बम पड्किँदा जेनेरेटर नजीकै पर्खालमा पनि क्षति पुगेको छ । 

प्रहरीले अहिलेसम्म कसैलाई  पक्राउ गरेको छैन । घटनास्थलमा कुकरका टुक्रा भेटिएका छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...