विभागीय डर्बीमा पुलिसको बाजी
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दुई पुलिसबीचको विभागीय डर्बीमा नेपाल पुलिस क्लबले बाजी मारेको छ । दशरथ रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपीएफ क्लबलाई १–० गोलले हरायो । पुलिसको जितमा कप्तान भोला सिलवाल नायक बने ।
भोलाले १३ औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । भोलाले पेनाल्टीमा गोल गरेका थिए । डिबक्सभित्र पुलिसका भरत साहलाई एपीएफका रक्षले फल हानेपछि पाएको पेनाल्टीलाई भोलाले सही सदुपयोग गरे । खेलको अन्तिममा एपीएफका सुदिप शिख्राकारले रातो कार्ड पाएका थिए ।
रेफ्रीमा थी अभद्र व्यवहार गरेका कारण उनलाई रात कार्ड देखाइएको थियो । एपीएफले पनि खेलमा केही गोलका अवसर बनाएको थियो । तर खेलको अन्तिमसम्म गोल फर्काउने एपीएफको प्रयास असफल बन्यो । पुलिसका सौजन राई म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पाए ।
यस हारले एपीएफलाई रेलिगेसनको दवाव थपिएको छ । जितसँगै नौ खेलबाट १४ अंक बनाएको पुलिस पाँचौं स्थानमा उक्लिएको छ । समान खेलबाट पाँच अंक बनाएको एपीएफ १३ औं स्थानमा छ । एपीएफले रेलिगेसन लाइन मात्र छलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास