शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

धरौटीमा छुट्दै पुनः पकेट मार्दै

सोमबार, १३ माघ २०७६, १९ : ५६
सोमबार, १३ माघ २०७६

भक्तपर । महानगरीय प्रहरी वृत्त थिमिले पकेट मार्दै हिड्ने तीन जनालाई पक्राउ गरेको छ ।  सोमबार प्रहरीले काठमाडौं–दुवाकोट रुटमा चल्ने बसमा यात्ररत एक महिलाको पकेट मारेर भाग्दै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको वृत्तका प्रमुख प्रहरी नायव उपरिक्षक शान्तिराज कोइरालाले बताए । 

पक्राउ पर्नेमा धनकुटा जिल्ला सागुरीगढी गाउँपालिका वडा नम्बर ७ घर भई हाल ललितपुर ठैव बस्ने २० वर्षीय नविन राई, सिन्धुली जिल्ला प्याङ्गलेख गाउँपालिका वडा नम्बर ६ घर भइ गोदावरी बस्ने २६ वर्षका राजिव गोले र मकवानपुर जिल्ला ईपाचोक गाउँपालिका ठैब बस्ने २० वर्षका रुविन कठायत रहेका छन् । 

पकेट मारेर भाग्दै गरेका उनीहरुलाई प्रहरीले मध्यपुर थिमि वडा नम्बर ९ राधेराधेबाट नियन्त्रण लिएको हो । उनीहरुले महिलाको साथबाट नगद ११ हजार रुपैयाँ पकेट मारेका थिए ।  राई गत पुस २ गते कौशलटारमा एक यात्रुको साथबाट नगद ८ हजार रुपैयाँ पकेटमारको आरोपमा पक्राउ गरेका व्यक्ति हुन् । उनी जिल्ला प्रशासन कार्यालय भक्तपुरको आदेशपछि धरौटीमा छुटेका थिए । 

त्यसैगरी गोले दुई वर्षअघि पकेटमारमा संग्लन रहि महानगरीय प्रहरी वृत्त बानेश्वरले पक्राउ गरि धरौटीमा छुटेका हुन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप