सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु
काठमाडौं । रुपन्देही र सुर्खेतमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
रुपन्देहीको रोहिणी गाउँपालिका-४ सुईलिहवास्थित सडकमा लु.१ ख ६७४५ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको ना.२ ख ८४८१ नम्बरको ट्रक र ना.५ ख ७८५६ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका ना.२ ख ८४८१ नम्बरको ट्रकको चालक सुन्सरी चतरा बस्ने ३५ वर्षीय पूर्ण बहादुर भुजेल लगायत ३ जनाको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी सुर्खेतको विरेन्द्रनगर नगरपालिका-४ मसुरीखेत चोकस्थित सडकमा भे.१ ख २२४२ को नम्बरको टिपरले भे.६ प २१७८ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक कालिकोट महाबै गाउँपालिका-३ सिमखेत बस्ने २० वर्षीय केशर बहादुर सिंहको घटनास्थलमै मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि