शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तत्काल सरकारमा जाने सम्भावना छैन : संयोजक यादव

बिहीबार, १६ माघ २०७६, १८ : ३४
बिहीबार, १६ माघ २०७६

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक तथा सांसद महेन्द्रराय यादवले तत्काल आफ्नो सरकारमा जाने कुनै सम्भावना नरहेको प्रस्ट पारेका छन् ।

रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा (राजपा) सरकारमा जाने चर्चा चरिरहेको सन्दर्भमा अध्यक्ष मण्डलका संयोजक यादवले सरकारमा जानेबारे पार्टिभित्र कुनै छलफल नभएको र तत्काल सरकारमा जाने सम्भावन नरहेको बताउए । 
    
उनले भने, “सरकारमा सहभागी हुनेबारे हाम्रो पार्टीभित्र कुनै छलफल भएको छैन् । त्यसैले सरकारमा जाने सम्भावना छैन् । प्रधानमन्त्रीसँग पनि सरकारमा जाने विषयमा कुनै छलफल भएको छैन् ।”

 संयोजक यादवले तत्काल सरकारमा जाने सोच नभए पनि आफ्ना विगतका मुद्दा र मागलाई वर्तमान सरकारले सम्बोधन गरेको खण्डमा भने विचार गर्न सकिने प्रस्ट्याए । उनले यादवले राजपा नेपाल र समाजवादी पार्टीबीच एकताको प्रक्रिया अघि बढिरहेकोले छिट्टै एकता हुने विश्वास दिलाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप