शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘बुलबुल’लाई फ्रान्समा पब्लिक च्वाइस अवार्ड’

सोमबार, २० माघ २०७६, १३ : ०९
सोमबार, २० माघ २०७६

काठमाडौं । सोचे अनुसार व्यवसाय नसकेपनि फिल्म ‘बुलबुल’ समीक्षकको नजरमा भने राम्रो ठहरिएको थियो । सायद त्यसैले होला फिल्मले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड हात पारिरहेको छ । 

यस्तैमा फ्रान्समा ५ दिनसम्म चलेको साउथ एसियन फिल्म फेस्टिबलमा फिल्म ‘बुलबुल’ले फ्रान्समा ‘पब्लिक च्वाइस अवार्ड’ जितेको छ । फिल्म निर्देशक विनोद पौडेलले आइतबार साँझ घोषणा भएको कार्यक्रममा  फिल्मले अवार्ड हात पारेको बताए ।

अभिनेत्री स्वस्तिमा खड्काका साथ फेस्टिभलमा सहभागी पौडेलले तीन विधामा बाँडिने अवार्ड मध्ये दुईमा भारतीय फिल्ममेकरले कब्जा जमाएको जानकारी दिए । 

दक्षिण एसियाली फिल्मका बीच भएको प्रतिस्पर्धामा भारतकै ‘टेकिङ दि हर्सेज टु इट जलेबीज दि अनामिका हसकरले स्टुडेन्ट’ले जुरी अवार्ड र भारतकै ‘मोथोन दि गितु मोहनदास’ले जुरी अवार्ड हात पारेका बताए ।

फिल्मको प्रदर्शनपछिको अन्र्तक्रियामा फिल्म हेर्ने दर्शकले फिल्ममा स्वस्तिमाको अभिनय र फिल्म मनपराएको पौडेलको भनाई रहेको छ । 

‘बुलबुल’ले यसअघि नेपालमै दुई राष्ट्रिय अवार्ड हात पारेका थियो । यसै फिल्मबाट अभिनेत्री स्वस्तिले सार्कमा जुरी अवार्ड हात पारेकी थिइन् ।

महिला टेम्पो चालकको बिषयमा निर्माण भएको फिल्ममा स्वस्तिमा र मुकुन भुषाल मुख्य भूमिका रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप