ललिता निवास जग्गा प्रकरण: पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईबिरुद्ध मुद्दा नचल्ने
बुधबार, २२ माघ २०७६, १८ : ५१
काठमाडौं । ललिता निवास जग्गा घोटाला प्रकरणमा पूर्र्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा नचल्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा १ सय ७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको भएपनि नीतिगत निर्णय गर्ने पूर्व प्रधानमन्त्रीहरु माधव कुमार नेपाल र बाबुराम भट्टराईमाथि भने मुद्दा नचलेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा मन्त्रीपरिषद्को निर्णय नपर्ने कानूनी व्यवस्था छ । साेही कारण साे प्रकरणमा नाम मुछिएको भएपनि पूर्वप्रधानमन्त्री द्वय नेपाल र भट्टराईका विरुद्ध भने मुद्दा दायर नगरिएको हो । अख्तियारले आफ्नो निर्णयमा उनीहरुविरुद्ध मुद्दा चलाउन नसकिने भन्दै कैफियतमा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन