शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा बस दुर्घटना, १० नेपाली घाइते

बिहीबार, २३ माघ २०७६, १२ : ०८
बिहीबार, २३ माघ २०७६

काठमाडौँ । भारतको उत्तर प्रदेशमा बुधबार राति बस दुर्घटना हुँदा कम्तीमा १० जना नेपाली नागरिक घाइते भएका छन् ।

भारतीय संचारमाध्यमका अनुसार भारतको शिमलाबाट रुपैडिहातर्फ आउँदै गरेको बस हरिद्वार हाइवेमा दुर्घटना भएको हो ।

हरिद्वार डिपोको बस बुधबार राति कांठबाट अगाडि जाँदै गर्दा ट्रकमा ठोक्किएको हो । समान दिशामा गुडिरहेको ट्रकको पछिल्लो भागमा बस ठोक्किएको बताइएको छ ।

उक्त बस नियमित सेवाको रहेको र नेपाली तथा भारतीय नागरिक सवार रहेको बताइन्छ । भारतको रुपैडिहा नेपालको नेपालगन्जबाट नजिकै पर्छ ।

भारतीय संचारमाध्यमका अनुसार तत्कालै उद्धारका लागि प्रहरी तथा एम्बुलेन्स परिचालन गरिएको थियो ।

घाइतेहरुमा बलबहादुर, तुलकनी, नरेन्द्र ओली, वीरबहादुर, तिलक गोपाल, कासिब बोहरा, पुतली बोहरालगायत रहेको बताइएको छ । उनीहरुको ठेगाना भने खुलाइएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप