शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशी मुद्राको आजको विनिमयदर, डलरदेखि रियालसम्मको कति छ भाउ ?

शुक्रबार, २४ माघ २०७६, ०८ : १७
शुक्रबार, २४ माघ २०७६

नेपाल राष्ट्र बैंकले शुक्रबार (माघ २४) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११४ रुपैयाँ २१ पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १२५ रुपैयाँ ६२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ २९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ०७ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५६ पैसा र बिक्रीदर २७ रुपैयाँ ७१ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप