केन्द्रीय संस्करण

खाली पेटमा ‘ग्रीन–टी’ हुनसक्छ खतरनाक

person explore access_timeमाघ २७, २०७६ chat_bubble_outline0

पेटको बोसो घटाउनको लागि महिलाहरु प्रायः ‘ग्रीन–टी’ पिउने गर्छन् । तर एक वा दुई कपभन्दा बढी ग्रीन–टीले शरीरलाई फाइदाभन्दा बढी नोक्सान गर्ने डाक्टरहरु बताउँछन् । धेरै वटा देशमा गरिएको अनुसन्धानमा ग्रीन–टीमा भएको क्याफिनले भोक नियन्त्रण गरे पनि यसले शरीरमा अन्य समस्याहरु पैदा गराउँछ ।

अनुसन्धानका अनुसार ग्रीन–टी खाली पेटमा पिउनु हुँदैन । यो असर सीधा मेटाबोलिज्ममा पर्छ । जसले पेट पोल्ने, भोक नलाग्ने र एसिड उत्पन्न गराउँने जस्ता समस्याहरु पैदा गराउँछ । ग्रीन–टीसँग सधैँ हल्का ठोस पदार्थ सेवन गर्न विशेषज्ञहरुले सल्लाह दिएका छन् । 

यसैगरी, खाना खाइसकेपछि ग्रीन–टी पिउँदा पेट राम्रोसँग सफा हुने र तौल पनि नियन्त्रण हुन्छ । 

तर, खाली पेटमा ग्रीन–टी पिउँदा शरीरमा रगतको कमी आउँछ । खाली पेटमा २ वा ३ कप ग्रीन–टी पिउँदा शरीरमा रगतको कमी हुने गर्छ । 

धेरै मात्रामा ग्रीन–टी पिउँदा शरीरमा पानीको मात्रा कम हुन जान्छ । जाडोमा मानिसहरु पानीको सेवन कम गर्ने गर्छन् । त्यसैले आवश्यकताभन्दा बढी ग्रीन–टीले शरीरमा पानीको मात्रा कम गराउँछ र डिहाइड्रेशन गराउँछ । ग्रीन–टीमा पाइने diuretic तत्वले शरीरमा पानीको मात्रा कम गराउँछ । 

जो मानिस अत्याधिक मात्रामा ग्रीन–टी पिउने गर्छन् ति मानिसहरुमा माइग्रेन र टाउको दुख्ने समस्या देखापर्छ । कहिलेकाँही टाउको दुखाईको कारण रक्तचाप उच्च हुन सक्छ । 

यसैगरी, कुनै महिलालाई ग्रीन–टी सेवन गर्दा अनुहारमा एक्नीको समस्या आउने गर्छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.