शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सनराइज बैंकको ४८ औं शाखारहित बैंकिङ्ग सेवा खैरहनी चितवनमा

मङ्गलबार, २८ माघ २०७६, १९ : २४
मङ्गलबार, २८ माघ २०७६

चितवन– सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ खैरहनी नगरपालिका–१३, गवै चितवनमा ४८ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । 

मंगलबार आयोजित एक कार्यक्रममा खैरहनी नगरपालिकाका उप प्रमुख सुनिता खरेल थपलिया, सोही नगरपालिकाका वडा नं १२ र १३ का अध्यक्ष टिकाराम तिमिल्सिना र बलकुमार उप्रेतीको उपस्थितिमा उद्घाटन भयो । 

सोही कार्यक्रममा खैरहनी नगरपालिकाका उप(प्रमुख श्रीमती सुनिता खरेल थपलियाले बैंकिङ्ग सेवाका प्रतिनिधि ध्रुव कुमार बस्नेतलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै शाखारहित बैंकिङ्ग सेवा संचालन गरियो । 

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्ड मार्फत कारोबार गर्न सकिने जनाइएको छ । यस  सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप