शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : ‘प्रेम दिवस’लाई ‘लभ डायरिज’

शुक्रबार, ०२ फागुन २०७६, १३ : ५२
शुक्रबार, ०२ फागुन २०७६

काठमाडौं । आज ‘प्रेम दिवस’ अर्थात ‘भ्यालेन्टाइन डे’को अवसर पारेर प्रेमकथामा बनेको फिल्म ‘लभ डायरिज’ रिलिज भएको छ । फ्राइडे रिलिज अन्तर्गत यो फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हो ।

अभिनेता सुशील श्रेष्ठ र नवअभिनेत्री रुविना थापा बीचको प्रेमले भरिएको फिल्ममा रोमान्स र ट्रयाजेटी समेत रहेको निर्माण युनिटले जनाएको छ । फिल्ममा सुशील र रुविनाको अलवा विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारको अभिनय छ ।

फिल्म सौरभ चौधरीले निर्देशन गरेका हुन् ।  युवायुवती बीचको माया प्रेम र कमेडीलाई फिल्ममा देख्न सकिने निर्देशक चौधरी जानकारी दिए । फिल्म मनोरञ्जनात्मक मात्र नभएर सन्देशमुलक पनि रहेको उनको भनाइ छ ।
फिल्ममा सञ्जय लामाको छायाँकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप