शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लेस्टर र वल्भ्सको बराबरी

शनिबार, ०३ फागुन २०७६, ०९ : ५९
शनिबार, ०३ फागुन २०७६

लेस्टर सिटी र वल्भ्सले इङ्लिस प्रिमियर लिग फुटबलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । सुक्रबार राति भएको खेलमा लेस्टर वल्भ्ससँग उसैको मैदानमा बराबरीमा रोकिएको हो । लेस्टर १० खेलाडीमा समेटिएको थियो । 

यस बराबरीले लेस्टरको दोस्रो स्थानमा उक्लने मौका गुमेको छ । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने अवसर गुमाएका थिए । लेस्टरले बल पोसेसनमा पकट जमाएपनि गोल गर्न सकेन ।  ६०औं मिनेटमा लेस्टरले पेनाल्टीको अपिल गरेपनि रेफ्रीले दिएनन् । 

त्यसपछि ७६औं मिनेटमा लेस्टर १० खेलाडीमा समेटिएको थियो । लेस्टरका हम्जा चौधुरीले ह्यान्ड गरेपछि दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । जसको फाइदा वल्भ्सले उठाउन सकेन । बराबरीसँगै तेस्रो स्थानमा रहेको लेस्टरले २६ खेलबाट ५० अंक बनाएको छ । ३६ अंक बनाएको वल्भ्स सातौं स्थानमा छ । 

शीर्ष स्थानमा रहेको लिभरपुलको २५ खेलबाट ७३ अंक छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५१ अंक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप