बेलायत उड्दै साम्राज्ञी
काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बेलायत उड्ने भएकी छिन् । फिल्म ‘मारुनी’को बेलायतको लन्डनमा आयोजना हुने बिषेश शोका लागि उनी त्यसतर्फ जान लागेकी हुन् ।
अष्ट्रेलिया, जापान लगायत केही देशमा प्रदर्शन पछि फिल्म ‘मारुनी’ २३ फेब्रुअरीमा लन्डनको अल्डरसटस्थित एम्पायर हलमा बिषेश शो हुन लागेको हो । बेलायतमा फिल्मको प्रदर्शन फिक्स भएको निर्माता पुनम गौतमले जानकारी दिइन् । फिल्मको शोका लागि अभिनेत्री साम्राज्ञीका साथ आफु पनि फेब्रअरी २१ मा लण्डन उड्ने पुनमले बताइन् ।
एनआरएन यूकेको आयोजनामा फिल्मको विषेश शो हुन लागेको हो । शोमा फिल्म हेर्नका लागि १० बर्ष तलका बालबालिका र ६० बर्ष माथिका मानिसलाई निःशुल्क व्यवस्था गरिएको समेत एनआरएन यूकेका उपाध्यक्ष सुनिल खड्काले जानकारी दिए ।
नवल नेपालको निर्देशन रहेको फिल्मले स्वदेशमा दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो । फिल्ममा साम्राज्ञीको अलवा रेविका गुरुङ, पुष्पल खड्का लगायतको मुख्य भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा