युएईमा एक नेपालीले जिते एक किलो सुन
युएई : रेमिट्यान्सबाट पैसा पठाउँदा युएईमा एक नेपालीले १ किलो सुन पुरस्कार जितेका छन्।
यूएईको अलअहलिया एक्सचेञ्ज मार्फत नेपाल पैसा पठाउँदा ताप्लेजुङ श्रीजङगा–४ का यमनाथ भट्टराईले १ किलो सुन उपहार स्वरुप जितेका हुन्। यसैगरि अन्य दुई सिता पाण्डे र झक बहादुर गिरिले निसान सन्नी कार पुरस्कार स्वरुप जितेका छन् ।
१९ वर्षदेखि यूएईको एक ‘किल्निङ कम्पनी’मा काम गर्दै आएका यमनाथले हिजो सोमबार दुबईको सोनापुर ब्रान्चको मेघा लक्की ड्रमा एक किलो सुन उपहार जितेका थिए। भने अर्का कार बिजेता सीता पाण्डे र झक बहादुर गिरिले क्रमशः बरदुबई र राहा भिलेज ब्रान्चको लक्की ड्र बाट कार जितेका थिए।
भट्टराईले गत जनवरीमा घर खर्चका लागि ३५ हजार रुपैयाँ अहलिया एक्सचेञ्जबाट नेपाल पठाएका थिए।
पुरस्कार स्वरुप जितेको १ किलो सुन नेपाल लैजान झन्झट र समस्या हुने भएकोले लक्की ड्र भएको दिन स्थानीय बजारमा रहेको सुनको मूल्य अनुसार नगद बिजेतालाई दिन सकिने एक्सचेञ्जका नेपाल प्रमुख बेनि ढकालले रातोपाटीलाई बताए। उनले गत डिसेम्बर १५ देखि फेब्रुअरी १२ तारिखसम्म अहलिया एक्सचेञ्जबाट पैसा पठाउने मध्येबाट गोलाप्रथा गरी विजेता छनौट गरिएको जानकारी दिए।
१ किलो सुनको स्थानिय बजार मुल्य १ लाख ८७ हजार दिर्हाम अर्थात झन्डै ५७ लाख रुपैयाँ हुन्छ।
यस्तै योजना अन्तरगत सन् २०१८ मा इलामका नरेन्द्र मगरले १ किलो सुन जितेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा