केन्द्रीय संस्करण

सडक निर्माण मात्र विकास होइन : मन्त्री बस्नेत

person explore access_timeफागुन १०, २०७६ chat_bubble_outline0
File-photo

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सडक निर्माण गरेर मात्र विकास नहुने बताएका छन् ।

जाजरकोटको पश्चिमी क्षेत्रमा विकास निर्माणको अनुगमन गर्ने क्रममा छेडागाड नगरपालिकाले आयोजना गरेको अन्तक्र्रियामा उनले जिल्लामा खानेपानी, विद्युत्, टेलिफोनको काम एक वर्षभित्र पूरा हुनेछ भने। 
 
पुराना निर्माण व्यवसायीले काम नगरेका कारण ठेक्का रद्द गरी नयाँ ठेक्का प्रक्रिया शुरु गरेर टेलिफोन टावरको काम शुरु गर्न लागिएको मन्त्री बस्नेतले जानकारी दिए ।

कच्ची कटान भएको सडकमा कालोपत्रको काम सँगै बढाएर लैजानेसमेत उनको भनाइ थियो । जिल्लाका दुई ठाउँमा १५ श्ययाका नगर अस्पताल निर्माण शुरु भइसकेको उनले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...