कुलबहादुर र सरस्वतीलाई अवार्ड
सोमबार, १२ फागुन २०७६, १९ : ४९
काठमाडौं । राष्ट्रिय भलिबल खेलाडी कुलबहादुर थापा र सरस्वती चौधरीलाई ‘मनोरञ्जनरमण शर्मा अवार्ड— २०७६’ बाट सम्मान गरिएको छ । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले स्थापना गरेको यास अवार्ड पुरुषतर्फ कुलबहादुर र महिलातर्फ सरस्वतीलाई सोमबार प्रदान गरिएको हो ।
अवार्डसँग दुबै जनाले जनही ३५ हजार रुपैयाँ पाए । सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेलगत्तै अध्यक्ष शर्माले १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरी यो अवार्डको घोषणा गरेका थिए । सोही रकमबाट प्राप्त ब्याजले अवार्ड प्रदान गर्न थालिएको हो । खेलाडीलाई सोमबार नेपाल स्याटलाइट टेलिकम प्रालिकी अध्यक्ष अस्मिता सुमार्गी, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, संघका अध्यक्ष शर्मालगायतले पुरस्कार प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षापछि वायु प्रदूषण घट्दै
-
अब अतिरिक्त हुलाक रहँदैनन् : मन्त्री शर्मा
-
खराब नियत राखी ‘बचत अपचलन’ गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्न नेफ्स्कूनको माग
-
बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता तान्दै राष्ट्र बैंक
-
‘बैंकहरुले जस्तै सहकारीले पनि मार्गदर्शन पालना गर्नुको विकल्प छैन’
-
चल सम्पत्ति धितो राखेर पनि ऋण पाइने