सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता तान्दै राष्ट्र बैंक

बुधबार, २६ वैशाख २०८१, १८ : ०८
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रियसँगै नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । केन्द्रीय बैंकले बिहीबार निक्षेप संकलन बोलकबोल मार्फत ७ दिनका लागि ३५ अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो । 

पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । 

केन्द्रीय बैंकको पछिल्लो तथ्यांक अनुसार वैशाख २४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूले ६१ खर्ब ७१ अर्ब निक्षेप संकलन गर्दै यता ५१ खर्ब १० अर्ब कर्जा लगानी गरेका छन् । 

समीक्षा अवधिमा ८०.५४ प्रतिशत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका बैंकहरुसँग ५ खर्बभन्दा बढी लगानीयोग्य रकम रहेको छ । 

बैंकहरुसँग प्रयाप्त तरलता रहेकैले अन्तर बैंक ब्याजदर २.६९ प्रतिशतमा झरेको छ भने ट्रेजरी बिलको ब्याजदर समेत अधिकतम ३.२२ प्रतिशतमा खुम्चिएको छ । 

जसले गर्दा पनि केन्द्रीय बैंकले पछिल्ला दिनहरुमा रिभर्स रिपो अर्थात् निक्षेप संकलन उपकरणमार्फत लगातार बैंकिङ प्रणालीमार्फत तरलता प्रशोचन गरिरहेको छ । 

बिहीबार ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन बोलकबोल गर्न लागेको केन्द्रीय बैंकले सोही दिन निष्कासन गर्नेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप