दुवै जसपाको बैठक काठमाडौँमा जारी
बुधबार, २६ वैशाख २०८१, १७ : ४६
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को छुट्टा–छुट्टै बैठक बसिरहेको छ ।
जसपा नेपालको बैठक ललितपुरको ज्यापु प्रज्ञा भवनमा जारी छ भने जसपाको बैठक बसेर होटलमा चलिरहेको छ ।
पार्टी विभाजनपछिको अवस्थाबारे छलफल गर्ने र अगामी कार्यनीतिको विषयमा छलफल गर्न जसपा नेपालका अध्यक्ष यादवले केन्द्रीय समितिको बैठक बोलाएका हुन् । बैठकमा नेताहरूले पार्टी विभाजनको समीक्षा गरिरहेका छन् ।
यस्तै राई नेतृत्वको जसपाको पदाधिकारीको बैठकले अगामी रणनीतिको बारेमा छलफल गरिरहेको छ ।
जसपा नेपालका अध्यक्ष यादवले निर्वाचन आयोगले पार्टी दर्ताको मान्यता दिएको विरुद्धमा अदालत जाने घोषणा गरेका छन् । त्यसको बचाउमा पनि जसपा लागेको छ । जसपाले पनि कानुनी परामर्श सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण