शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको नक्सा चिराचिरा पार्ने के को चलन हो ? : शाक्य

बिहीबार, १५ फागुन २०७६, १३ : ४४
बिहीबार, १५ फागुन २०७६

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डको आलोचना भएको छ । 

नेकपाको बागमती प्रदेशस्तरीय राजनैतिक प्रशिक्षण तथा भेलामा इन्चार्ज अष्ठलक्ष्मी शाक्ले नेतृत्वको कार्यशैलीबाट नेता कार्यकर्तामा उत्साह हराएको तथा बिचलन आएको बताइन् । 

नेतृत्वप्रति आक्रामक रुपमा प्रस्तुत भएकी उनले भनिन्, ‘नेतृत्वको कामबाट कार्यकर्तामा विचलन आएको छ । सचिवालयका ९ जना कमरेडले पार्टी एकतामा कुनै विचलन ल्याउने प्रयत्न गर्नु हुनेछैन । कार्यकर्ताको चित्त दुखाउने गरी अभिव्यक्त  दिनु हुनेछैन भन्ने विश्वास छ ।’

उनले नेताहरुले  आफ्नो धरातल बिर्सन नहुनेमा जोड दिँदै गणतन्त्रमा पनि नेताहरुमा सामन्ती सोच आर्थिक चलखेल बढेको बताइन् । 

‘हामीले सामन्ती शासन ढाल्यौ, तर हामी किन सामन्ती सोचबाट किन ग्रसित छौँ’, नेतृत्वलाई प्रश्न गर्दै शाक्यले भनिन्, ‘हामी किन गणतन्त्रको नेता बन्न सकिरहेका छैनौं ?
पार्टीमा सांस्कृतिक विचलन आएको छ । लेनदेनको चलखेल भएको छ ।’

उनले प्रधानमन्त्री ओलीको जन्मदिनमा केक काटेर राजसी शैली अपनाइएकोमा पनि विरोध गरिन् । उनले केक काटेर जन्मदिन मनाउने मौलिक संस्कार नभएको बताउँदै त्यसमा पनि नेपालको नक्सा चिराचिरा पार्ने के को चलन हो ? भन्दै प्रश्न गरिन् । 

सोही कार्यक्रममा ओली–प्रचण्डसहित शीर्ष नेताहरुको सहभागिता रहेको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप