सानोतिनो भूकम्पले नेकपाको घर भत्किँदैन : मन्त्री भट्टराई
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सानोतिनो भूकम्पले नेकपाको घर नभत्कने बताएका छन् । काठकाडौंमा २/४ रेक्टरको भूकम्प गएपनि नेकपाको घर नभत्कने उनले दाबी गरेका छन् । ‘मैले मिडियामा सुनिरहेको छुँ । काठमाडौंमा सानोतिनो भूकम्प गइरहेको छ । काठमाडौंका घर अलि कमजोर पनि छन्,’ रविन्द्र स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रथम रविन्द्र स्मृति समारोहमा बोल्दै उनले भने, ‘किनकी भूकम्प पनि अलि बढि त्यही गयो । तर, यो भूकम्पले नेकपाको घर चर्कने वाला छैन ।’
अलिअलि चर्किएछ भने पनि आजकाल इन्जिनियरले अनेक उपाय निकालेको उनले बताए । चर्किहाले पनि घर सकूशल ठडिने उनको भनाई छ । ‘रेक्टोफिटिङ गर्छन् , अनेक उपाय छन् । हाम्रो नेकपाभित्र अनेक इन्जिनियर छन्, ती इन्जिनियरले रेक्टोफिटिङ गर्छन्, त्यसललाई सकूसल ठड्याउँछन्,’ उनले भने ।
सानका साथ नेपाल कम्युनिष्ट पार्टीको घर ठडिने र त्यो घरलाई भूकम्पले नहल्लिने उनको दाबी छ । पार्टी अध्यक्षद्वय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को इतिहास स्मरण गर्दै सानातिना घटनाबाट पार्टी नेतृत्व बिचल्लित नहुने समेत जिकिर गरे ।
पार्टीभित्र देखिएका केही समस्यालाई हल गर्न नेतृत्वले सामथ्र्य राख्ने बताउँदै कार्यकर्तालाई निराश नहुन समेत उनको आग्रह छ । विश्वासका साथ जनताले नेकपालाई वर्षका लागि म्यान्डेड दिएको उनले सुनाए । यो ५ वर्ष सुनिश्चित विश्वासका साथ सरकार चलाउनुपर्ने उनको धारणा छ । पार्टी एकता पछिको आन्तिरिक संक्रमण काललाई महाधिवेशनबाट व्यवस्थापन गर्दै लैजानु पर्ने उनले भनाई राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न