कन्हैयाकुमारविरुद्ध राजद्रोहको मुद्दा चलाउन बाटो खुल्यो,दिल्ली सरकारले दियो सहमति
काठमाडौं । अरविन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले जवाहरलाल नेहरु विश्वविद्यालय छात्र संघका पूर्वअध्यक्ष कन्हैयाकुमार विरुद्ध राजद्रोहको मुद्दा चलाउन सहमति दिएको छ ।
शुक्रबार दिल्ली सरकारले कन्हैयाकुमार विरुद्ध राजद्रोहको मुद्दा चलाउन सहमति दिएको हो । दिल्ली सरकारले अनुमति दिएसँगै कन्हैयाकुमारसहित अरु आरोपीमाथि मुद्दा चल्ने निश्चित भएको छ ।
केहीदिनअघि मात्र उन्रीहरुविरुद्ध मुद्धा चलाउन अनुमति दिन दिल्ली सरकारलाई आदेश दिनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिट खारेज भएको थियो । तर दिल्ली सरकारले मुद्दा चलाउन अनुमति दिएपछि अब कन्हैकुमारसहित १० जनामाथि मुद्दा चलाउने बाटो खुलेको छ ।
सन् २०१६ फेबु्रअरी ९ मा जवहारलाल नेहरु विश्वविद्यालयमा कथित रुपमा भारतविरोधी नारा लगाएको भिडियो सार्वजनिक भएपछि उनीहरुविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो । दिल्ली सरकारले राजद्रोहको मुद्दा दायर गर्न समहति दिएलगत्तै कन्हैयाकुमारले उक्त कदमप्रति व्यंग्य गर्दै केजरीवाल सरकार र प्रहरी प्रशासनलाई धन्यवाद दिएका छन् । उता,भाजपा दिल्लीका अध्यक्ष मनोज तिवारी लगायतले भने केजरीवाल सरकारको उक्त कदमको स्वागत गरेका छन् । Photo:BBC
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम