शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बढ्यो डलरको भाउ, कति छ अन्य देशको विनिमयदर ?

मङ्गलबार, २० फागुन २०७६, ०८ : १७
मङ्गलबार, २० फागुन २०७६

नेपाल राष्ट्र बैंकले  मंगलबार (फागुन २०) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६६ पैसा रहेको छ । सोमबार डलर एकको खरिददर ११५ रुपैयाँ २६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ८६ पैसा रहेको थियो । 


यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ ८० पैसा र बिक्रीदर १२९ रुपैयाँ ४६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८२ पैसा रहेको छ ।


यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६० पैसा र बिक्रीदर २७ रुपैयाँ ७५ पैसा रहेको छ।  


यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०४ पैसा रहेको छ । 


र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ । 

 तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप