शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङ ग्यालेक्सी ए७१ र ए५१ सार्वजनिक, यस्ता छन् विशेषता

मङ्गलबार, २७ फागुन २०७६, १७ : १७
मङ्गलबार, २७ फागुन २०७६

काठमाडौं– सामसङ इलेक्ट्रोनिक्सले आफ्नो ए सिरिजअन्तर्गत हालै ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ बजारमा प्रस्तुत गरेको छ । ए सिरिजमा अर्थपूर्ण आविष्कारका रुपमा यी फोनहरुलाई कम्पनीले लिएको छ । 

ग्यालेक्सी ए७१ तथा ए५१ मोबाइलहरुमा विभिन्न विशेषताहरुः विद्यमान रहेका छन् । यसमा आजको व्यस्त जीवनमा अत्यावश्यक ज्यादा टिकाऊ हुने व्याट्रि, मानव आँखाले जस्तो देखिन्छ त्यस्तै फोटो खिच्न सकिने क्यामरा तथा जीवन्त दृश्यावलोकनको लागि इन्फिनिटी ओ डिस्प्ले रहेका छन् । 

“आफ्नो ग्यालेक्सी एको पोर्टफोलियोमा ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ लाई समावेश गर्न पाउँदा हामी उत्साहित भएका छौं । विगतका वर्षहरुदेखि नै ग्यालेक्सी ए सिरिज मोबाइल आम प्रयोगकर्ताहरु माझ लोकप्रिय बन्दै आइरहेको छ । हालै प्रस्तुत गरिएका यी दुई ग्यालेक्सी ए७१ तथा ए५१मा प्रयोग भएको प्रविधिलाई प्रयोगकर्ताहरुले मन पराउनुहुने छ,” सामसङ मोबाइल बिजिनेस हेड प्रणय रत्न स्थापितले बताए । 

उत्कृष्ट क्यामरा अनुभव

ग्यालेक्सी ए७१तथा ग्यालेक्सी ए५१मा जीवनका अविस्मरणीय क्षणहरुलाई सहजै कैद गर्नको लागि उत्कृष्ट क्यामरा राखिएको छ । मेन क्यामरा, अल्ट्रा वाइड, माइक्रो तथा डेप्थ क्यामराहरु विशेष सुविधाका साथ यसमा रहेका छन्, क्यामरामा भएका विशेषताहरुले गर्दा ग्यालेक्सी ए७१तथा ग्यालेक्सी ए५१मार्फत् उत्कृष्ट एवं जीवन्त फोटो खिच्न सकिन्छ । 

ग्यालेक्सी ए७१मा ६४ मेगापिक्सल तथा ग्यालेक्सी ए५१ मा ४८ मेगापिक्सलको क्यामरा राखिएको छ । यसैले गर्दा यी मोबाइल फोनबाट दिनमा वा रातमा खिचिएका फोटोहरु सफा एवं उत्कृष्ट आउने छ ।  यसमा भएको अल्ट्रा वाइड क्यामरामा १२३ डिग्रीको एङ्गल लेन्स राखिएको छ, जसले गर्दा मानव आँखाले जस्तो देख्दछ त्यस्तै फोटो खिच्ने क्षमता प्रदान गर्दछ । यसमा भएको म्याक्रो क्यामराले कुनै पनि वस्तुको फोटो सम्पूर्ण विवरण सहित खिच्न सक्दछ । साथै डेप्थ क्यामराको लाइभ फोकस इफेक्टको मद्दतले फोटोहरु झन् राम्रो देखिन्छ ।
 

उच्च–गुणस्तरीय भिडियो रेकर्डिङ्ग

हरेक साहासिक क्षणहरुलाई सहजै भिडियोका रुपमा कैद गर्ने क्षमता यसमा रहेको छ । सुपर स्डेडि भिडियो मोडले खिच्दा, हात हल्लिएको अवस्थामा पनि भिडियो नहल्लिएको आउँछ । दौडिंदा, हाइकिङ्गमा वा घरपालुवा जनावरसँग खेल्दाको अवस्थमा सुपर स्टेडि भिडियोको सुविधाले गर्दा उत्कृष्ट भिडियो खिच्न सकिन्छ । 

अनइन्टरेप्टेड भिज्युअल डिस्प्ले

ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१मा सुपर अमोलेड प्लस तथा सुपर अलोमेड प्लस एज टर एज इन्फिनिटी ओ डिस्प्ले रहेको छ । ६.७ इन्च तथा ६.५ इन्चको स्क्रिनले वास्तवमै जीवन्त अनुभूति प्रदान गर्दछ – सासमसङको हालसम्मकै ठूलो स्क्रिनमा आफूलाई मनपरेको भिडियो हेर्नु वा गेम खेल्नुको छुट्टै मज्जा मिल्ने छ । 

ज्यादा टिकाऊ व्याट्री

ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ मा क्रमशः ४५००mAh तथा ४००० mAh को ब्याट्रि राखिएको छ, जसले गर्दा विना रुकावट दिनभर फोनको प्रयोग गर्न सकिनेछ । साथै २५ वाट तथा १५ वाटको फास्ट चार्जिङ्ग क्षमताले छिटो मोबाइल चार्ज गर्न सकिन्छ । 

ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ कालो, सेतो र निलो रंगको पेस्टल शेडहरूमा आउँदछ । दुबै ग्यालक्सी ए७१ तथा ए५१ मोबाइलहरु उपभोक्ताहरूका लागि २९ फागुन देखि तलका मूल्यहरूमा उपलब्ध छन् । ग्यालेक्सी ए७१ को मूल्य ४९ हजार नौं सय ९९ र ग्यालेक्सी ए५१ को मूल्य ३८ हजार तीन सय ९९ तोकिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप