केन्द्रीय संस्करण

नेकपाद्वारा कोरोना भाइरसबारे सचेतनामूलक कार्यक्रम

person explore access_timeचैत १, २०७६ chat_bubble_outline0

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानको शुभारम्भ गरेको छ । पार्टी केन्द्रको निर्णय, प्रदेश कमिटीको निर्देशन र जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकको निर्णयअुनसार आजदेखि ‘समृद्ध नेपाल, सुखी नेपालीको आधार–सुदृढ पार्टी, सुशासन र लोकप्रीय सरकार’ भन्ने मूल नाराका साथ अभियानको शुरुआत गरिएको हो । 

अभियानको शुभारम्म अहिले विश्वव्यापी महामारीको समस्या बनेको कोरोना भाइरसका बारेमा सचेतनामूलक कार्यक्रम गरी गरिएको हो । आज सदरमुकाम बेनीमा नेकपाका अध्यक्ष गोविन्द पौडेल, सचिव हरिकृष्ण श्रेष्ठ, प्रदेश कमिटीका कार्यालय सदस्य नवराज शर्मालगायतको नेतृत्वमा तीन समूह बनाएर कोरोना भाइरसका बारेमा सचेतनामूलक कार्यक्रम गरिएको हो ।

बेनी र मङ्गलाघाट क्षेत्रमा तीन समूहले सडकमा पदयात्रा गरी सर्वसाधारण र बजारवासीलाई कोरना भाइरसको जोखिम तथा बच्न उपायसहित अपनाउनुपर्ने सावधानी समेटिएको सचतेनामूलक पर्चा वितरण गरिएको थियो । 

पूर्वनिर्धारित कार्यक्रमअनुसार सरसफाइ कार्यक्रममार्फत अभियानको शुभारम्भ गर्ने योजना रहे पनि कोरनाको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सचेतनामूलक कार्यक्रमलाई जोडेर अभियानको शुरुआत गरिएको नेकपा जिल्ला अध्यक्ष पौडेलले जानकारी दिए ।

उनका अनुसार बजार क्षेत्रमा ठूलो समूह र धेरै मानिस भेला हुने कार्यक्रमलाई रोकिएको र ग्रामीण भेगमा भने पार्टी सुदृढीकरण कार्यक्रमलाई भने निरन्तरता दिइने भएको छ । आजदेखि आगामी जेठ मसान्तसम्म पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने गरी जिम्मेवारीसमेत बाँडफाँड गरिसकेको छ ।

स्थानीय तह र वडास्तरमा पार्टी एकतालाई थप सुदृढ बनाउने, जनवर्गीय सङ्गठनको एकतालाई पूर्णता दिने, जनप्रतिनिधि, कार्यकर्ता र जनताका बीचमा समन्वयको वातावरण बनाउनेलगायत कार्यक्रमलाई समेटिएको छ ।

अभियानअन्तर्गत पार्टी सदस्यता नवीकरण, अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गरिने भएको छ । पार्टी र जनवर्गीय सङ्गठनको एकतालाई सुदृढ बनाउँदै सरकारले गरेका कामलाई जनतामाझ पु¥याउने, भ्रम न्यूनीकरण गर्ने, गुनासो, सुझाव र अपेक्षा सङ्कलन गरिने अध्यक्ष पौडेलले बताए ।

अभियानअन्तर्गत सबै स्थानीय तह स्तरमा भेला र बैठकका कार्यक्रम सम्पन्न भइसकेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.