शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘डान्सिङ विथ स्टार नेपाल’ : ऋषि धमलादेखि  ज्योति मगरसम्म प्रतियोगी

सोमबार, ०३ चैत २०७६, ०८ : ०७
सोमबार, ०३ चैत २०७६

हिमालय टेलिभिजनले चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ स्टार्स’ को उत्पादन तथा प्रसारण गर्ने भएको छ । वैशाख पहिलो साताबाट हरेक शुक्रबार र शनिबार राती  ८ बजेदेखि प्रसारण हुने शो पहिलो सिजन २६ इपिसोडको हुने भएको छ । 

बीबीसी स्टुडियोले शुरू गरेको यो रियालिटी शो बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत लगायत विश्वका सयभन्दा बढी देशमा प्रसारण भइरहेको छ ।

नेपालमा यस शोमा १२ जना प्रतिस्पर्धी हुनेछन् । जसमा गायक बुद्ध लामा, सृष्टि केसी, टिकटक स्टार दीपा र दमन्ता, कमेडियन उमेश राई, पत्रकार ऋषि धमला, मैथिली नायिका पुजा ठाकुर, बालकलाकार देवांशी बैदवार, मिस नेपाल युनिभर्स मनिता देवकोटा, नायक अनुप विक्रम शाही, मोडल ज्योति मगर, मोडल सुमी मोक्तान र फुटबल खेलाडी अनिल गुरुङ रहेका छन् ।

उनीहरूलाई युमी बलामी, राजिव कुमार, कविता नेपाली, प्रमोद कुमार भण्डारी, सुभम भुजेल, लाउरे सिंह, कोमल पाण्डे, केविका पाण्डे, सुनिल विक, प्रविन विक, भिजु पार्की, केशव थापाले कोरियोग्राफ गर्नेछन् ।

निर्णायकको रूपमा गौरी मल्ल र रेनाशा बान्तवा राई रहेका छन् भने एक जना निर्णायक छनौट गर्न बाँकी रहेको बताइएको छ । कार्यक्रमको उद्घोषण सुमन कार्कीले गर्नेछन् ।

भारतमा यो शो ‘झलक दिखलाजा’ नामले परिचित छ । दर्शकको भोट र निर्णायकको निर्णयका आधारमा हरेक हप्ता एक जना प्रतियोगी बाहिरिनेछ । विजेताले २५ लाख र गाडी पुरस्कार पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप