शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता

शुक्रबार, ०७ चैत २०७६, ११ : ४१
शुक्रबार, ०७ चैत २०७६

जनकपुर । प्रदेश नम्बर २ सरकारले प्रदेशसभामा छलफलका लागि प्रस्तुत गरेको प्रदेश सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि ६ जना प्रदेशसभा सदस्यले संशोधन प्रस्ताव दर्ता गराएका छन् । प्रदेश सञ्चार विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने प्रदेश सांसदहरुमा राजपाका सुरिता साह, विन्देश्वरप्रसाद यादव, डा.रिना यादव, समाजवादी पार्टीका चमेलीदेवी दास, प्रमुख प्रतिपक्षी नेकपाका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र गोविन्द न्यौपाने छन् ।

प्रदेश सांसद विदेश्वरप्रसाद यादवले उक्त विधेयकमा प्रेस स्वतन्त्रता र निष्पक्षरुपमा पत्रकारिता गर्नका लागि पत्रकारलाई बन्देज लगाइएको हुनाले पत्रकारमैत्री विधेयक निर्माणका लागि संशोधन प्रस्ताव दर्ता गराएको जनाए ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ ले सो विधेयकका अधिकांश परिच्छेद तथा दफा सञ्चारमाध्यम तथा पत्रकारलाई खोजमुलक, भ्रष्टाचारमुलक, विधिको शासन तथा पारदर्शिताका लागि सरकारको काम कारवाही तथा आर्थिक कारोबार सम्बन्धी समाचार लेख्न नै बन्देज गर्ने खालको रहेको भन्दै आपत्ति जनाइसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप