केन्द्रीय संस्करण
कोरोनाभाइरस

विश्वव्यापी महामारीमा कोरोना पहिलो होइन

यसअघि पनि संसारमा व्यापक नरसंहार गर्ने भयानक महाव्याधिहरु फैलिएका थिए

person explore access_timeचैत १२, २०७६ chat_bubble_outline0
Emergency hospital during influenza epidemic, Camp Funston, Kansas.

कोरोनाको कारण आजको मितिसम्म विश्वभरमा झण्डै २० हजारले ज्यान गुमाइसकेका छन् भने संक्रमितको सङ्ख्या ४ लाख पुग्न लागिसकेको छ । अहिले विश्वभरका १ सय ९४ देशमा कोरोना भाइरसले प्रवेश पाइसकेको छ । त्यसैले आम रुपमा फैलिन नदिनका लागि मुलुकहरुले आआफ्नो देशलाई पूरै लकडाउन गर्ने कार्य धमाधम गर्दैछन् । यति भयावहको स्थिति सम्भवतः विश्वयुद्धको समयमा पनि भएन । कोरोनाको संक्रमण फैलिने र संक्रमणबाट मानिसहरु मर्ने क्रम कहिलेसम्ममा रोकिने हो, त्यो अहिले अनुमानको विषय मात्र भएको छ । त्यसैले विश्वमा भयावहको अवस्था अझै लम्बिने प्रष्ट छ । नेपालमा पनि अहिलेसम्म दुईजना संक्रमित भएको र पछिल्लो संक्रमित एक युवती अहिले काठमाडौंमा आइसोलेसन वार्डमा रही उपचार गराइरहेकी छन् । सुरुका संक्रमित व्यक्ति यसअघि नै उपचारबाट निको भई सामान्य जीवनमा फर्किसकेका छन् । तर, पछिल्लो संक्रमित व्यक्तिको कारणबाट ‘लौ अब नेपालमा पनि साँच्ची नै कोरोना भित्रियो’ भन्ने महसुस गरी नेपाल सरकारले गत मंगलवार (चैत्र ११ गते) देखि एक हप्ताका लागि पूरै देश लकडाउन गरेको छ । यस्तो अवस्थामा हामीलाई लाग्न सक्छ कि विश्वमा मानव जातिमाथि अहिले आइपरेको अप्ठेरो अवस्था नौलो हो र यसले कहिँ मानव सभ्यता एवं अस्तित्वलाई नै सखाप त पार्ने होइन ?

विश्व मानव इतिहासलाई केलाई हेर्ने हो भने विगतका महामारीको तुलनामा अहिलेको महामारी अझै सानै देखिन्छ । हुन त यो महामारी अझै बढ्दै जाने क्रममा रहेकोले यसले अन्तिम समय सम्ममा कतिसम्म क्षति पुर्याउँनेछ भनेर अझै ठोकेर भन्न सकिने अवस्था छैन । तैपनि अहिलेसम्मको अवस्थालाई हेर्दा हताहतीको आधारमा इतिहासका महामारीहरुलाई यसले जितिनसकेको देखिन्छ । एकचोटि इतिहासलाई फर्केर हेरौं ।

पाँच करोडभन्दा बढीको ज्यान लिएको त्यो महामारी

आजभन्दा ठिक एकसय वर्षअगाडि ‘स्पेनी फ्लू’को नाम पाएको महामारीले विश्वभरका ५ करोडभन्दा बढी मानिसहरुको ज्यान लिएको थियो । सन् १९१८ को जनवरीबाट सुरु भई १९२० को डिसेम्बरसम्म प्रभावी भएको उक्त भाइरल आक्रमण (इन्फ्लूयन्जा)ले ५० करोडभन्दा ज्यादालाई संक्रमित गरेको थियो । त्यस महामारीमा प्रमाणिक हताहती ५ करोडको वरपर भएको भनिएपनि त्यो आँकडा १० करोडसम्म भएको हुनसक्ने पनि बताइएको छ । यति ठूलो महामारी मानव इतिहासमा अहिलेसम्म अर्को भएको छैन ।


ठिक एकसय वर्षअगाडि ‘स्पेनी फ्लू’को नाम पाएको महामारीले विश्वभरका ५ करोडभन्दा बढी मानिसहरुको ज्यान लिएको थियो । सन् १९१८ को जनवरीबाट सुरु भई १९२० को डिसेम्बरसम्म प्रभावी भएको उक्त भाइरल आक्रमण (इन्फ्लूयन्जा)ले ५० करोडभन्दा ज्यादालाई संक्रमित गरेको थियो । त्यस महामारीमा प्रमाणिक हताहती ५ करोडको वरपर भएको भनिएपनि त्यो आँकडा १० करोडसम्म भएको हुनसक्ने पनि बताइएको छ । यति ठूलो महामारी मानव इतिहासमा अहिलेसम्म अर्को भएको छैन ।


प्रथम विश्वयुद्धको अन्त्यतिर प्रकोपको रुप लिएको त्यस इन्फ्लूयन्जाले गरेको क्षतिलाई आफ्नो प्रतिष्ठाको विषय बनाई बेलायत, फ्रान्स, जर्मनी र संयुक्त राज्य अमेरिकाले सूचना लुकाएकाले ती मुलुकहरुमा हताहतीको सङ्ख्या कम देखिएको थियो । स्पेनमा भने राजा अल्फोन्सो तेह्रौं नै त्यस इन्फ्लूयन्जाबाट गम्भीर बिरामी परेका र स्पेनले सूचना नलुकाउँदा त्यहाँको हताहती अन्यत्रभन्दा बढी देखियो र त्यसैलाई आधार बनाई त्यस महामारीलाई ‘स्पेनी फ्लू’ को नाम दिइएको इतिहासमा उल्लेख पाइन्छ ।

धेरैजसो इन्फ्लूयन्जाको महामारीमा वृद्धवृद्धाहरु बढी हताहती हुने गर्दछन्, तर ‘स्पेनी फ्लू’ मा भने युवाहरु नै पनि बढी शिकार हुन पुगे । वैज्ञानिकहरुले त्यसो हुनुमा ‘स्पेनी फ्लू’ को संवाहक भाइरसले मान्छेको रगतमा हुने सेता रक्त कोषिकाहरुको ठूलो सङ्ख्यालाई उत्तेजित बनाई बढीभन्दा बढी ती कोषिकाहरुलाई बिगारिदिँदा त्यसबाट युवाहरुको रोगप्रतिरोधी प्रणाली नै नराम्रोसित भड्किन पुग्नु मुख्य कारण रहेको बताएका छन् । यही नै कारणले ‘स्पेनी फ्लू’ बाट ठूलो सङ्ख्यामा युवाहरुको समेत हताहती हुन पुगेको वैज्ञानिकहरुको विश्लेषण छ ।

अमेरिकी इतिहासविद् अल्फ्रेड डब्लू क्रोस्बीले २० औं शताव्दीको पूर्वाद्धमा युरोप, अमेरिका र एशियामा प्रकोपको रुपमा आएको ‘स्पेनी फ्लू’ अमेरिकाको कान्सास राज्यबाट सुरु भएको कुरा सन् २००३ मा बताए । त्यस्तै गरी अमेरिकाकै अर्का इतिहासविद् तथा लेखक जोन बेरीले सन् २००४ मा प्रकाशित एक लेखमा ‘स्पेनी फ्लू’ अमेरिकाको कान्सास राज्यको हास्केल काउन्टीबाट सुरु भएको बताए । अर्का अमेरिकी इतिहासविद् सान्टियागो माटाले ‘स्पेनी फ्लू’ पहिलो चरणमै कम्तिमा पनि १४ वटा अमेरिकी सैनिक क्याम्पहरुमा महामारीको रुपमा फैलिसकेको सन् २०१७ मा व्याख्या गरे । तर, यी सबै तथ्यहरुलाई अमेरिकाले लुकायो । पछि ‘स्पेनी फ्लू’ को महामारी युरोपमा चर्को भई स्पेनी राजा नै यस चपेटामा परेपछि त्यस प्रकोपको नाम नै स्पेन देशको नामबाट नामाकरण गरियो ।तत्कालीन समयमा संसारभर ‘स्पेनी फ्लू’ को महामारी चल्दा त्यसले चीनलाई पनि नछोएको होइन । तर, चीनमा ‘स्पेनी फ्लू’ को संक्रमणले निकै नै कम मात्र क्षति पुर्यायो । त्यो चित्रलाई हेरी त्यतिखेर ‘स्पेनी फ्लू’ को उद्गम चीन नै भएको भनी अड्कल पनि गरिएको थियो । त्यस अड्कल मुताबिक सुरुको नरम संक्रमणले चिनीयाहरुको रोगप्रतिरोधी क्षमता वृद्धि भई भाइरसको आक्रमण असरदार हुन नसकेको हुनसक्ने अनुमान गरियो । तर, त्यो वास्तवमा एक खालको पूर्वाग्रह सिवाय अरु थिएन । यसै सन्दर्भमा सन् २००६ मा अध्येयताहरु के.एफ.चेङ र पि.सि. ल्यूङले त्यतिखेर चिनियाहरुलाई ‘स्पेनी फ्लू’ ले बढी घात गर्न नसक्नुमा परम्परागत चिनीया औषधीहरुले रोग प्रतिरोध गर्न र उपचार गर्नमा महत्वपूर्ण भूमिका खेलेको कारण हुन सक्ने बताए ।

पहिलो विश्वयुद्ध चलिरहेको समयमा प्रकोपको रुप लिएको ‘स्पेनी फ्लू’ ले विशेषतः अमेरिकी सैनिक अखडामा बढी महामारीको रुप लिएको थियो । यसो हुनुमा सेनाहरु पर्याप्त पोषणको अभावले कमजोर भएको कारण पनि हुन सक्ने बताइन्छ । पाँच करोडभन्दा ज्यादा हताहती भएको ‘स्पेनी फ्लू’ इतिहासमा सबभन्दा त्रासदीपूर्ण महामारीको रुपमा अद्यापि अङ्कित छ ।

बीसौं र एकाइसौं शताव्दीको सुरुवातीमा भएका महामारीहरु

बीसौं शताव्दीको उत्तराद्र्धको सुरु दशक (१९५७–५८) मा प्रकोपको रुप लिएको ‘एशियाली फ्लू’ को नामले बदनाम महामारी इन्फ्लूयन्जाले १० लाखभन्दा बढीको ज्यान लिएको थियो । यो इन्फ्लूयन्जाले चराहरुमा हुने भाइरसहरुको समूहको कारण मानिसहरुमा प्रकोपको रुप लिएको थियो । यो महामारी सुरुमा फेब्रुअरी १९५७ मा सिंगापुरमा देखापर्यो । त्यसपछि यसले हङकङमा सोही वर्षको अप्रिलमा महामारीको रुप लियो । हङकङपछि लगतै सन् १९५७ को ग्रिष्मयाममा संयुक्त राज्य अमेरिकाको समुद्री किनारमा रहेका शहरहरुमा त्यस ‘एशियाली फ्लू’ ले उग्र रुप लियो । त्यस महामारीले संसारभर ११ लाखभन्दा ज्यादा मानिसहरुको ज्यान लियो भने संयुक्त राज्य अमेरिकामा मात्रै १ लाख १६ हजारको ज्यान लियो ।


बीसौं शताव्दीदेखि वर्तमानसम्म पनि विश्वव्यापी त्रासदीको रुपमा रहेको महामारी रोग हो एचआइभि एड्स । यो महामारी सन् १९८१ बाट सुरु भएको हो । एचआइभि एड्सको पहिलो बिरामी घोषणा भएदेखि अहिलेसम्ममा विश्वभरि यस रोगबाट मर्नेहरुको सङ्ख्या ३ करोड ५० लाख पुगिसकेको छ । क़अहिले पनि विश्वभर ४ करोड मानिसहरु एचआइभि एड्सबाट संक्रमित छन् र तिनीहरुमध्ये ६४ प्रतिशत संक्रमितहरु अफ्रिकाको सबसहारान क्षेत्रका रहेका छन् ।


बीसौं शताव्दीदेखि वर्तमानसम्म पनि विश्वव्यापी त्रासदीको रुपमा रहेको महामारी रोग हो एचआइभि एड्स । यो महामारी सन् १९८१ बाट सुरु भएको हो । एचआइभि एड्सको पहिलो बिरामी घोषणा भएदेखि अहिलेसम्ममा विश्वभरि यस रोगबाट मर्नेहरुको सङ्ख्या ३ करोड ५० लाख पुगिसकेको छ । यस रोगको भाइरस अपुच्छ बाँदर (एप्स) चिम्पाञ्जीमा विकास भई सर्वप्रथम सन् १९२० मा पश्चिमी अफ्रिकामा त्यस बाँदरबाट मानिसमा संक्रमण फैलिएको विश्वास गरिन्छ । एचआइभि एड्सलाई बीसौं शताव्दीको अन्तिमसम्ममा पनि एक खतरनाक महामारीको रुपमा चित्रित गरियो । अहिले पनि विश्वभर ४ करोड मानिसहरु एचआइभि एड्सबाट संक्रमित छन् र तिनीहरुमध्ये ६४ प्रतिशत संक्रमितहरु अफ्रिकाको सबसहारान क्षेत्रका रहेका छन् । वर्तमानमा एचआइभि एड्सलाई पूर्ण निको पार्ने औषधी बनी नसकेको भएतापनि त्यसको प्रभावलाई धिमा गरी जीवनलाई लम्ब्याउन सक्ने औषधोउपचारको विकास गरिसकेको कारणले संक्रमितहरु औषधी सेवन गरी निर्वाध रुपमा सामान्य जीवन बिताइरहेको स्थिति छ । नयाँनयाँ औषधीको आविष्कार र प्रयोग चल्दै गर्दा सन् २०२० को पूर्वसन्ध्यामा दुईजना एचआइभि संक्रमितहरुको सफल उपचार भएको अभिलेख पनि छ ।

सन् २००९ र २०१० मा एचवानएनवान स्वाइन फ्लूले संसारलाई फेरि एकचोटी हल्लायो । छोटकरीमा स्वाइनफ्लू मात्र भनिने यस रोगको मुख्य कारण एचवानएनवान भाइरस हो । नयाँ रुपको यस भाइरसको उत्पत्ति सन् २००९ को वसन्तमा उत्तर अमेरिकी देश मेक्सिकोमा भएको थियो । उत्पत्ति भएको एकवर्षभित्र यस भाइरसले विश्वका १ अर्ब ४० करोड मानिसहरुलाई संक्रमित गर्यो । अमेरिकाका सिडिसि (Centers for Disease Control and Prevention) का अनुसार स्वाइनफ्लूले १ लाख ५१ हजार ७ सयदेखि ५ लाख ७५ हजार ४ सयबिचको सङ्ख्यामा संक्रमित मानिसहरुको ज्यान लियो । अहिले एचवानएनवान भाइरसबिरुद्धको खोप वार्षिक फ्लू भ्याक्सिनमा समावेश गरी दिने गरिएको छ ।


एकाइसौं शताव्दीको पूर्वाद्धमा भएको अर्को खतरनाक र त्रासदीपूर्ण महामारी पश्चिम अफ्रिकामा प्रकोपको रुप लिएको इवोला भाइरसको संक्रमण हो । सन् २०१४ बाट सुरु भई २०१६ सम्म जारी रहेको उक्त महामारीले जम्मा ११ हजार ३ सय २५ को ज्यान लियो भने संक्रमितको सङ्ख्या १८ हजार ६ सय पुगेको थियो ।


एकाइसौं शताव्दीको पूर्वाद्धमा भएको अर्को खतरनाक र त्रासदीपूर्ण महामारी पश्चिम अफ्रिकामा प्रकोपको रुप लिएको इवोला भाइरसको संक्रमण हो । सन् २०१४ बाट सुरु भई २०१६ सम्म जारी रहेको उक्त महामारीले जम्मा ११ हजार ३ सय २५ को ज्यान लियो भने संक्रमितको सङ्ख्या १८ हजार ६ सय पुगेको थियो । यो रोग सबभन्दा पहिले सन् २०१३ को डिसेम्बरमा पश्चिमी अफ्रिकी देश गिनीमा देखा परेको थियो । त्यसपछि त्यसले लगतै नजिकका मुलुकहरु लाइबेरिया र सियरा लेओनमा महामारीको रुप लियो । मुख्य रुपमा ती तीनवटा देशहरुमा नै इवोला भाइरसले बढी मान्छेहरुलाई संक्रमित गर्यो र ज्यान लियो । तुलनात्मक रुपमा न्यून प्रभावित देशहरु नाइजेरिया, माली, सेनेगल, संयुक्त राज्य अमेरिका र युरोप थिए ।

इवोला भाइरसको संक्रमणलाई रोक्ने खोपको विकास गर्न निकै कोशिस गर्दा पनि सफल हुन सकेको छैन । इवोला यति खतरनाक छ कि त्यसले संक्रमण गरेपछि लगभग मृत्यु भयो भनी ठानिन्थ्यो । संक्रमितमध्ये झण्डै पचास प्रतिशत मानिसहरुको मृत्यु निश्चित हुन्थ्यो । वास्तवमा इवोला भाइरस सन् १९७६ मा नै अफ्रिकी मुलुकहरु सुडान र प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा देखापरिसकेको थियो । तर, त्यसबेला त्यसले मानिसमा सरेर प्रकोपको रुप लिन सकेन । वैज्ञानिकहरुले त्यो भाइरस चमेरोमा उत्पत्ति भएको मानिआएका छन् ।

प्राग ऐतिहासिक तथा इतिहासका महामारीहरु

चिनीया पुरातत्वशास्त्रले चीनको एक प्राग ऐतिहासिक गाउँलाई ५ हजार वर्षपहिले महामारीले पूर्ण विनाश गरेको अवशेष फेला पारेको छ । पुरातत्वविद्हरुले ५ हजार वर्ष पुरानो एउटा घरभित्र थुप्रिएर रहेको लाशहरुको जीवावशेष फेला पारेका हुन् । उनीहरुले त्यस लाशको थुप्रोमा कुनै पनि उमेर समूह नछुटेको पाए । त्यहाँ बच्चा, किशोरकिशोरी, युवा, पाका तथा बृद्धबृद्धाहरुका लाशहरु एकसाथ रहेको पाइए । ‘हमिन मंघ’ को नामले परिचित त्यस पुरातात्विक स्थल उत्तरीपूर्व चीनमा अवस्थित छ । पुरातात्विक तथा मानवशास्त्रीय अध्ययनले के देखाएका छन् भने प्राग ऐतिहासिक कालमा त्यस गाउँमा महामारी यति छिटो र अचानक फैलियो, जसलाई त्यतिखेरका मानिसहरुले मरेका मानिसहरुको सद्गद्समेत गर्न भ्याएनन् । त्यसैले सामुहिक रुपमा एकसाथ प्रकोपबाट मरेका मानिसहरुलाई उपयुक्त रुपले जमिनमा गाड्नुको सट्टा बाँचेका मानिसहरुले मरेकाहरुलाई आगो लगाएर त्यतिकै हिँडेको संकेत पाइन्छ । र, त्यसपछि कहिल्यै त्यस गाउँमा मानिसहरु आवाद गर्न आएनन् ।


The discovery of a 5,000-year-old house in China filled with skeletons is evidence of a deadly epidemic.  Image credit Photo courtesy Chinese Archaeology

चिनीया पुरातत्वशास्त्रले चीनको एक प्राग ऐतिहासिक गाउँलाई ५ हजार वर्षपहिले महामारीले पूर्ण विनाश गरेको अवशेष फेला पारेको छ । पुरातत्वविद्हरुले ५ हजार वर्ष पुरानो एउटा घरभित्र थुप्रिएर रहेको लाशहरुको जीवावशेष फेला पारेका हुन् । उनीहरुले त्यस लाशको थुप्रोमा कुनै पनि उमेर समूह नछुटेको पाए । त्यहाँ बच्चा, किशोरकिशोरी, युवा, पाका तथा बृद्धबृद्धाहरुका लाशहरु एकसाथ रहेको पाइए । ‘हमिन मंघ’ को नामले परिचित त्यस पुरातात्विक स्थल उत्तरीपूर्व चीनमा अवस्थित छ ।


चिनीया पुरातत्वविद्हरुले ‘हमिन मंघ’ को खोज गर्नुपूर्व त्यही समयको ‘मियाओचिगाउ’ नामको अर्को एउटा प्राग ऐतिहासिक सामुहिक चिहान उत्तरपूर्व चीनमा नै भेट्टाएका थिए । यी खोजहरुले चीनमा प्राग ऐतिहासिक कालमा रोगको महामारीले पूरै क्षेत्रलाई विनाश गरेको पुष्टि मिल्छ ।

इतिहासमा उल्लेखित महामारीहरुलाई लिँदा ईसापूर्व ४३० मा एथेन्समा प्रकोपित भएको प्लेगको महामारी कहालीलाग्दो देखिन्छ । मुसा जातिमा लाग्ने उपिँयाबाट मानिसमा सर्ने प्लेग रोगको महामारीले तत्कालीन एथेन्स शहरको समाजलाई विनाश नै गरेको थियो । पाँच वर्षसम्म जारी त्यस महामारीले १ लाखभन्दा ज्यादाको ज्यान लिएको कुरा ग्रिक इतिहासका लेखक थुसाइडाइड्सले (ईसापूर्व ४६०–४००) उल्लेख गरेका छन् । इतिहासकार थुसाइडाइड्सले लेखेका छन्– “अचानक राम्रो स्वास्थ भएका मानिसहरुको टाउकोमा भयानक तातोपना आयो र आँखा रातो हुनुका साथै पोल्ने भयो । त्यस्तै गरी घाँटी अथवा जिब्रोजस्ता भित्री भागहरु रातो भए भने विरामीले अस्वभाविक र गन्हाउने श्वास फेर्न थाल्यो” । (हेर्नुहोस् ः रिचार्ड क्रलेले अनुवाद गरेको ‘दि हिस्टोरी अफ द पेलोपोनेसियन वार’ लन्डन डेन्ट, १९१४)

वैज्ञानिकहरुले एथेन्समा प्रकोपित प्लेगले टाइफाइड ज्वरो तथा इबोला भाइरसको संक्रमण गरेको हुन सक्ने अनुमान लगाएका छन् । उनीहरुले तत्कालीन अवस्थामा युद्धका लागि जम्मा भएका ठूलो सङ्ख्याका सेनाहरुको भिडका कारण संक्रमणले महामारीको रुप लिएको हुन सक्ने बताएका छन् । त्यस समयमा एथेन्स र स्पार्टा साम्राज्यबिच भयानक युद्ध चलेको थियो । त्यो युद्ध ईसापूर्व ४०४ मा अन्त्य भएको थियो ।

ईसाको दोश्रो शताव्दीमा युरोपमा भएको अर्को भयानक महामारी ‘एन्टोनाइन प्लेग’ थियो । सन् १६५ देखि १८० सम्म जारी रहेको त्यस महामारीले ५० लाखभन्दा ज्यादाको ज्यान लिएको थियो । तत्कालीन समयमा रोमन साम्राज्य बलियो र आक्रमक थियो । रोमन साम्राज्यको विस्तारका लागि रोमन सिपाहीहरु युद्ध अभियानबाट फर्कंदा उनीहरुले आफ्नो साथमा ‘एन्टोनाइन प्लेग’ लाई पनि लिएर आए । इतिहासकारहरुले त्यो प्रकोप सम्भवतः विफरको हुनुपर्ने अनुमान गरेका छन् । म्यान्चेष्टर मेट्रोपोलिटन युनिभर्सिटीका वरिष्ठ इतिहासकार अप्रिल पुड्सेले बेलायती बहुराष्ट्रिय प्रकाशक रट्लेजबाट सन् २०१७ मा छापिएको आफ्नो पुस्तक ‘डिसआबिलिटी इन एन्टीक्विटी’ मा सो कुरा उल्लेख गरेका छन् । उक्त महामारीको समाप्तीसँगै रोमन साम्राज्य कमजोर बन्न पुग्यो भने त्यसपछिका दिनहरुबाट क्रिश्चियन धर्मको जगजगी सुरु हुन थाल्यो ।


युरोपमै अर्को प्लेगको महामारी सन् २५० देखि २७१ सम्म चल्यो । ‘साइप्रियनको प्लेग’को नामले परिचित त्यस महामारी तत्कालीन समयको शहर (हाल उत्तरी अफ्रिकी मुलुक ट्युनिसियामा पर्ने) कार्थेजका विशप सेन्ट साइप्रियनको नामबाट राखिएको थियो । विशप सेन्ट साइप्रिनले त्यस महामारीलाई संसारको अन्त्यको संकेतको रुपमा व्याख्या गरेका थिए ।


युरोपमै अर्को प्लेगको महामारी सन् २५० देखि २७१ सम्म चल्यो । ‘साइप्रियनको प्लेग’को नामले परिचित त्यस महामारी तत्कालीन समयको शहर (हाल उत्तरी अफ्रिकी मुलुक ट्युनिसियामा पर्ने) कार्थेजका विशप सेन्ट साइप्रियनको नामबाट राखिएको थियो । विशप सेन्ट साइप्रिनले त्यस महामारीलाई संसारको अन्त्यको संकेतको रुपमा व्याख्या गरेका थिए । त्यही कारणले त्यस प्लेगको महामारीलाई उनको नामबाट नामाकरण गरियो । त्यस महामारीमा एकै दिनमा रोम शहरका ५ हजार मानिसहरुले ज्यान गुमाएका थिए ।

सन् ५४१–४२  मा एक वर्षसम्म जारी रहेको ‘जस्टिनियनको प्लेग’ ले पूरै विश्वको झण्डै १० प्रतिशत मानिसहरुको ज्यान लिएको इतिहासमा उल्लेख छ । पश्चिम एशियादेखि पश्चिम युरोपसम्म फैलिएको बाइजान्टाइन साम्राज्यका सम्राट जस्टिनियन (शासन अवधि सन् ५२७–५६५) को नामबाट नामाकरण गरिएको उक्त महामारीमा सम्राट स्वयं नै पनि संक्रमित भई बाँचेका थिए । महामारीमा बाइजान्टाइन साम्राज्यभित्रका लाखौं मानिसहरुको विनाश भएपछि बिस्तारै त्यस साम्राज्य कमजोर हुन पुगेको थियो ।

एशियाबाट युरोपतिर फैलिएको ‘ब्लाय्क डेथ’ को नामले परिचित महामारीले चौधौं शताव्दीमा युरोपको झण्डै आधा जनसङ्ख्यालाई कालको मुखमा पुर्याएको इतिहासमा उल्लेख छ । सन् १३४६ देखि १३५३ सम्म जारी त्यस महामारी यर्सिनिया पेस्टिस नामको व्याक्टेरियमको कारण भएको बताइन्छ । हाल लोप भइसकेको उक्त व्याक्टेरियम संक्रमित मुसा जातिका जनावरहरुमा पाइने उपिँयाबाट मान्छेमा सरेको बताइन्छ । त्यस प्लेग महामारीले युरोपको राजनीतिक तथा सामाजिक प्रणालीलाई नै बद्लिदिएको इतिहास छ । त्यस समयमा युरोपमा दासयुग चलिरहेको थियो । महामारीको कारणले दासहरुको सङ्ख्या पनि न्यून हुन पुग्दा उनीहरुको माग बढी हुन गयो र उनीहरुको श्रमले राम्रो मूल्य पाउन थाल्यो । परिणामतः दासहरु दासको रुपमा नभई स्वतन्त्र श्रमिकको रुपमा देखापर्न थाले । साथै श्रमिकहरुले उच्च कोटीको खाना तथा मासुसमेत खान पाउने भएपछि उनीहरुको जीवनमा आमूल परिवर्तन भयो । त्यस्तै गरी सस्तो श्रमको अभावमा उत्पादनका लागि प्राविधिक विकासका लागि बाटो खुलेको इतिहासमा उल्लेख भएको पाइन्छ ।


Spread of the Black Death in Europe and the Near East (1346–1353). Source: Wikipedia

एशियाबाट युरोपतिर फैलिएको ‘ब्लाय्क डेथ’ को नामले परिचित महामारीले चौधौं शताव्दीमा युरोपको झण्डै आधा जनसङ्ख्यालाई कालको मुखमा पुर्याएको इतिहासमा उल्लेख छ । सन् १३४६ देखि १३५३ सम्म जारी त्यस महामारी यर्सिनिया पेस्टिस नामको व्याक्टेरियमको कारण भएको बताइन्छ । हाल लोप भइसकेको उक्त व्याक्टेरियम संक्रमित मुसा जातिका जनावरहरुमा पाइने उपिँयाबाट मान्छेमा सरेको बताइन्छ ।


सन् १५४५–१५४८ मा मध्य अमेरिकामा भएको ‘कोकोलिज्ट्ली महामारी’ बाट मेक्सिको र वरपरको क्षेत्रका १ करोड ५० लाख आदिवासीहरु सखाप भएका थिए । सोह्रौं शताव्दीमा अमेरिकामा चलेको ‘अमेरिकी प्लेग’ को नामले परिचित महामारीले पश्चिम गोलाद्र्धका ९० प्रतिशत आदिवासीहरुको मृत्यु भएको इतिहासमा उल्लेख छ । त्यस्तै गरी सन् १६६५–१६६६ मा लण्डनबाट सुरु भएको ‘लन्डनको भयानक प्लेग’ को नामले परिचित महामारीले लन्डनमा १ लाख यानी कि कुल जनसङ्ख्याको १५ प्रतिशत मानिसहरु मारिएका थिए ।

फ्रान्सको शहर मार्सेलीमा सन् १७२० देखि १७२३ सम्म गरी तीन वर्षसम्म चलेको ‘मार्सेलीको भयानक प्लेग’ को नामले परिचित महामारीले त्यस शहर र वरपर गरी १ लाख मानिसहरुको ज्यान लिएको थियो । तत्कालीन अवस्थामा मार्सेली शहरका ३० प्रतिशत जनसङ्ख्या त्यस महामारीबाट सखाप भएको थियो । ‘रसियाली प्लेग’ को नामले परिचित सन् १७७० देखि १७७२ सम्म रुसमा चलेको महामारीले पनि १ लाख मानिसहरुको ज्यान लिएको थियो । त्यस्तै गरी ‘फिलाडेल्फिया पहेँलो ज्वरोको प्रकोप’ को नामले परिचित अमेरिकाको फिलाडेल्फियाबाट सुरु भएको महामारीले ५ हजार मानिसहरुको ज्यान लिएको थियो ।

युरोपमा आधुनिक औद्योगिक युग सुरु भइसकेपछि यातायातको तीव्र विकासले इन्फ्लूयन्जाका भाइरसहरु एक ठाउँबाट अर्को ठाउँमा सजिलै महामारीको रुपमा प्रवाह हुन सक्ने भए । त्यही क्रममा सन् १८८९–१८९० मा युरोपमा फ्लूको महामारी चल्यो, जसले केही महिना भित्रमा नै १० लाखभन्दा बढी मानिसहरुको ज्यान लियो ।

नेपालको इतिहासमा सन् १८२३, १८३१, १८४३, १८५६, १८६२, १८६७, १८७२, १८७४ र १८७५ मा हैजाको प्रकोप चलेको कुरा तत्कालीन बेलायती निवासीले लेखेको कुरा लेखक टम रबट्सनले गत मार्चमा प्रकाशित नेपाली टाइम्समा उल्लेख गरेका छन् । उनका अनुसार सन् १८८५ मा काठमाडौंमा हैजाको महामारीले हजारौंको सङ्ख्यामा मानिसहरु मरेका थिए, जबकि तत्कालीन समयमा काठमाडौं उपत्यकामा जम्मा ५० हजारको हाराहारीमा मात्र जनसङ्ख्या थियो ।

प्राचीन कालदेखि निकट अतितसम्मको विश्व र नेपालको इतिहासलाई केलाउँदा समयसमयमा मानिसहरुले रोगव्याधिको साना ठूला महामारीहरुको सामना गर्दै आएको प्रष्ट देखिन्छ । त्यही क्रममा अहिले विश्व र हामी नेपालीहरुले पछिल्लो महामारीको रुपमा ‘कोविड १९’ नामको कोरोना भाइरसको महामारीको सामना गरिरहेका छौं ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.