धनुषाका सोनलाल पुलामी हत्याका पाँच अभियुक्त पुर्पक्षका लागि जेल चलान
काठमाडौँ । जिल्ला अदालत धनुषाले सोनलाल पुलामीको हत्या अभियोगमा पाँच जनालाई पुर्पक्षनका लागि थुनामा पठाउन आदेश दिएको छ । धनुषाको रघुनाथपुर निवासी पुलामीको गत फागुन १६ गते हत्या भएको थियो ।
मगलबार जिल्ला अदालतमा मुद्दा पेश भएकोमा बुधबार न्यायाधीश राजेश कटुवालको ७ नम्बर इजलासमा बहस भएको थियो । बहस सकिएलगत्तै न्यायधीश कटुवालले हत्यामा संलग्न पक्राउ परेका पाँचै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका हुन् ।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ अनुसार उनीहरुलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाइएको अदालत परिसरले जनाएको छ । अदालतले उनीहरुलाई बुधबारै सिन्धुली जिल्ला कारागारमा पठाएको हो ।
धनुषाको सबैला नगरपालिका १२, रघुनाथपुरमा पुलामीलाई मादक पदार्थ सेवनगरी मातेका विभिन्न आठ जनाको समूहले सामुहिक आक्रमणगरी हत्या गरेको थियो । उनको हत्या अभियोगमा घटनाको केही घण्टाभित्रै पाँच जना पक्राउ परेका थिए ।
पक्राउ पर्नेहरुमा पटेवाका सोनु मोनु भन्ने अमित कुमार यादव, सबैला १ का जितेन्द्र राउत, अशेष यादव, कपिल सदा र धर्मदेव भन्ने धर्मदेही राउत छन् । घटनामा संलग्न अन्य तीन जना अमरजित राउत, रोहित गोसाइँ र परीक्षण कुमार यादव फरार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा