भारतको क्वारेन्टाइनमा रहेका नेपालीमाथि भारतीय सुरक्षाकर्मीको दुर्व्यवहार
कञ्चनपुरसँग सीमा जोडिएको वनवसा नाकामा १ सय १५ जना नेपाली क्वारेन्टाइनमा छन्। भारतको वनवसामा रहेको आम बगैंचानजिकको शारदा इन्टर कलेजको एकै कोठामा ३० जनाका दरले उनीहरूलाई राखिएको छ।
नेपाल सरकारले जारी गरेको क्वारेन्टाइन निर्दे्शिकामा हरेकको दूरी कम्तीमा डेढ मिटर तोकिएको छ। भारतका सीमावर्ती सहरमा बसेका नेपाली एकै कोठामा खाँदाखाँद बसेका छन्। उत्तराखण्ड राज्यका विभिन्न ठाउँमा काममा रहेका उनीहरू भारतमा लकडाउनपछि पैदलै सीमा नाकासम्म आएका थिए।
कैलालीको गोदावरी नगरपालिका–११ ओलानीका गणेश विकले वनवसा क्वारेन्टाइनमा सुरक्षाकर्मीको दुव्र्यवहार सहनुपरेको बताए। ‘तुम्हारे नेपालमै हमारे भारतीय नागरिकको खाना भी नही मिल रहा है’, उनले भारतीय सुरक्षाकर्मीको भनाइ उद्धृत गरे, ‘तुम लोग आपने सरकारसे बोलो ना नेपाल जाने के लिए।’
उनीहरूको दुव्र्यहारले हैरान भएको उनले सुनाए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा